सोमवार, कार्तिक २४, २०८३

सोमवार, कार्तिक २४, २०८३

तुर्माखाद गाउपालिकामा एमाले विजयी

अछामको तुर्माखाँद गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार एमालेका डम्बर बिसी ३,५२३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३,४९३ मत ल्याए । त्यो बिसीभन्दा ३० मत मात्र कम हो । माओवादीकेन्द्रका मनबहादुर बयकले ३,०९१ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेले जितेको छ । एमालेकी विमला शाहीले ३,५०१ मत ल्याएर विजयी भइन् । दोस्रो बनेकी कांग्रेसकी अनुजासिजापती विष्टले ३,४५२ मत ल्याइन् । माओवादी केन्द्रकी पवित्रा उपाध्यायले ३१५५ मत ल्याइन्

गाउँपालिकाका बहुमत वडामा भने कांग्रेस विजयी भएको छ । आठ वडा रहेको तुर्माखाँदमा रहफ, भुलू, नाडा, रानीवन र तोसीमाकांग्रेसले जित्यो । एमाले भैरवस्थान र धमालीमा विजयी बन्दा माओवादी केन्द्रले भने वडा नम्बर–४ मा मात्र जित्न सक्यो ।

जम्मा १५,५११ मतदाता रहेको तुर्माखाँदमा १०,७२९ मत खसेको थियो ।

०७४ को स्थानीय तहको निर्वाचनमा तुर्माखाँदमा कांग्रेसका पुष्पराज शर्मा विजयी भएका थिए । त्यति बेला उनले ३,६९१ मत ल्याएकाथिए । उनले एमालेका पदम बुढालाई ६५४ मतान्तरले हराएका थिए । उपाध्यक्षमा कांग्रेसकी अमृता बुढा विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह-भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुनेबताउनुभएकाे छ । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...