शनिबार, माघ ११, २०८२

शनिबार, माघ ११, २०८२

क्वाड बैठक चलिरहदा चिनिया-रूसी विमान जापानी क्षेत्रमा

टोकियो – आफ्नो हवाई क्षेत्रनजिक एकै पटक चिनियाँ र रुसी लडाकु विमान नजिक आएपछि जापानले आपत्ति जनाएको छ । टोकियोमा क्वाड शिखर बैठक चलिरहँदा चिनियाँ र रुसी विमान आफ्नो हवाई क्षेत्रनजिक आएको भन्दै जापानले आपत्ति जनाएको हो ।

त्यसलाई छेक्न जापानले पनि हतारहतार आफ्ना लडाकु विमान उडाएको थियो । यससम्बन्धी गम्भीर चासो रुस र चीन दुवैलाई कूटनीतिक माध्यमबाट पठाइसकिएको रक्षामन्त्री नोबुओ किसीले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिज टोकियोमा भएकै बेला रुस र चीनले उत्तेजना फैल्याउन यस्तो प्रयास गरेको उनको भनाई छ । ‘हामीलाई के विश्वास छ भने क्वाड शिखर बैठककै बेला यस्तो कार्य हुनु अरुबेलाभन्दा ज्यादा उक्साहटपूर्ण छ,’ मन्त्री किसीले भने ।

नोभेम्बरयता चौथो पटक यस्तो घटना हो । रुस र चीन दुवैले जापान र पूर्वी चीन सागरमा १३ घण्टा लामो संयुक्त हवाई गस्ती गरेको बताइन्छ । अर्कोतिर मंगलबार नै चार वटा चिनियाँ विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको दक्षिण कोरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

अष्ट्रेलियाले जापान र भारतसंग रक्षा साझेदारी बढाउने

क्यानबेरा — अस्ट्रेलियाले भारत र जापानलगायत हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग कूटनीतिक र रक्षा साझेदारीलाई बढाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...