बिहिबार, बैशाख ३१, २०८३

बिहिबार, बैशाख ३१, २०८३

जनजाति महासंघ जापानले विश्व आदिवासी दिवस मनाउने

नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानले २८औं विश्व आदिवासी दिवस २०२२ भव्य रुपमा मनाउने भएको छ । विश्व आदिवासी दिवस हरेक बर्षको ९ अगस्टका दिन विश्वभर धुमधामका साथ मनाइने गरिन्छ ।
प्रवासमा रहेकाले समयानुकुल मनाउने हुँदा १४ अगस्ट आईतवारका दिन टोकियोमा २८ औं विश्व आदिवासी दिवस विबिध सांस्कृतिक कार्यक्रम गरी भब्यतापूर्वक मनाउने निर्णय भएको नेफिनका अध्यक्ष संजीव राईले जानकारी दिनुभयो ।
उक्त दिन जातीय संस्कृति झल्किने झाँकी, जातीय मौलिक सांस्कृतिक नाच तथा विविध कार्यक्रमका साथ विश्व आदिवासी दिवस मनाउने हुँदा महासंघसंग आवद्ध संघसंस्थाहरुले आआफ्नो तर्फबाट त्यसको तयारीमा जुट्न हिजो आईतबार सम्पन्न संघीय परिषद बैठकमा अनुरोध समेत गरेको छ ।
उक्त दिवसको आयोजक नेफिन जापान रहनेछ भने नेफिन जापानसंग आवद्ध अन्य जातीय संघ संस्थाहरु सहआयोजक रहनेछ ।
महासंघसंग आवद्ध १० वटा जातिय संघसंस्थासहित संघीय परिषद बैठकले अन्य विविध विषममा समेत छलफल गरेको छ । आईतबार टोकियोमासम्पन्न् बैठकमा नेफिन जापानका सल्लाहकारहरु ओम गुरुङ, हवलचन्द्र लामा, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, पेम्वा शेर्पा, सिके लिम्वु, जनजाति महासंघ जापान कान्तोका अध्यक्ष कर्सान तामाङ, थकाली समाज जापानका अध्यक्ष बुद्धी गौचन, तमु धीं जापानका अध्यक्ष रमेश गुरुङ, नेपाल तामाङ समाज जापानका अध्यक्ष रुबिना तामाङ, किरात राई यायोक्खाबाट प्रमिला राई, किरात याक्चुङ चुम्लुङ जापानका अध्यक्ष, नेपाल मगर संघ जापानका महासचिव रामहरी खपांगी मगर लगाएत नेफिन जापान कार्यसमितिको बाहुल्य उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

पत्रकार कोइराला र शेर्पा सम्मानित

टोकियो। किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार -२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला र फुर्वा शेर्पा सम्मानित भएका छन। सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका...