शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

पत्रकार महासंघ जापानले अधिवेशन गर्ने

जापान ।पत्रकार महासंघ जापान शाखाले आगामी नोभेम्बर ६ तारिख अधिवेशन गर्ने निर्णय गरेको छ ।

शाखा अध्यक्ष मोहन घलेको अध्यक्षतामा आइतबार   टोकियोमा बसेको बैठकले नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय गरेको सचिव शान्त पहरीले जानकारी दिए ।

कोरोनाका कारण अघिल्लो वर्ष गर्न नसकिएको शाखाको साधारणसभा पनि अधिवेशनसँगै गरिने पहरीले जानकारी दिएका छन ।

अधिवेशन अघि सदस्यता नविकरण सम्बन्धी समस्या समाधान गर्ने गरी ३ सदस्यिय समिति गठन गरिएको जानकारी दिँदै पहरीले  नयाँ सदस्यताका लागि छिट्टै आवेदन लिने र सोही समितिको सुझाव अनुसार सदस्यता प्रदान गरिने बताए ।

कार्यसिमिति सदस्य राजन गौतमको संयोजकत्वमा गठन समितिमा कार्यसमिति सदस्यद्वय विश्वास आचार्य र दीपक गौतम रहेका छन ।

बाँकी रहेका नविकरण सम्बन्धी काम एक हप्ता भित्र सक्न आज गठित समितिलाई जिम्मेवारी दिएका छौ’ सचिव पहरीले भने ’त्यसपछि नयाँ सदस्यका लागि आवेदन खुल्ला गरिनेछ ।’ नयाँ सदस्यका लागि परेका आवेदन अध्ययन गरी गौतम संयोजकत्वको समितिले कार्यसिमितिमा प्रतिवेदन पेश गरेपछि थप प्रकृया अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...