जापान ।पत्रकार महासंघ जापान शाखाले आगामी नोभेम्बर ६ तारिख अधिवेशन गर्ने निर्णय गरेको छ ।
शाखा अध्यक्ष मोहन घलेको अध्यक्षतामा आइतबार टोकियोमा बसेको बैठकले नोभेम्बर ६ तारिख पाँचौ अधिवेशन गर्ने निर्णय गरेको सचिव शान्त पहरीले जानकारी दिए ।
कोरोनाका कारण अघिल्लो वर्ष गर्न नसकिएको शाखाको साधारणसभा पनि अधिवेशनसँगै गरिने पहरीले जानकारी दिएका छन ।
अधिवेशन अघि सदस्यता नविकरण सम्बन्धी समस्या समाधान गर्ने गरी ३ सदस्यिय समिति गठन गरिएको जानकारी दिँदै पहरीले नयाँ सदस्यताका लागि छिट्टै आवेदन लिने र सोही समितिको सुझाव अनुसार सदस्यता प्रदान गरिने बताए ।
कार्यसिमिति सदस्य राजन गौतमको संयोजकत्वमा गठन समितिमा कार्यसमिति सदस्यद्वय विश्वास आचार्य र दीपक गौतम रहेका छन ।
बाँकी रहेका नविकरण सम्बन्धी काम एक हप्ता भित्र सक्न आज गठित समितिलाई जिम्मेवारी दिएका छौ’ सचिव पहरीले भने ’त्यसपछि नयाँ सदस्यका लागि आवेदन खुल्ला गरिनेछ ।’ नयाँ सदस्यका लागि परेका आवेदन अध्ययन गरी गौतम संयोजकत्वको समितिले कार्यसिमितिमा प्रतिवेदन पेश गरेपछि थप प्रकृया अघि बढ्ने उनले बताए ।