शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

जापानका नेपालीका समस्याप्रति थप जिम्मेवार बन्ने संघ-संस्थाको प्रतिबद्धता

टोकियो ।जापानमा क्रियाशिल् सामाजिक संघ-संस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

पत्रकार महासंघ जापान शाखाले आइतबार टोकियोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा संघ संस्था तथा संगठनका जिम्मेवार ब्यक्तिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।

“जापानमा सामाजिक संघ संस्थाहरुको बर्तमान अवस्था भविष्य तथा आपसी सहकार्य”बिषयमा पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको उक्त कार्यक्रममा जापानमा क्रियाशिल् धेरै भन्दा धेरै संघ-संस्थाहरुको सहभागिता रहेको थियो ।

धेरैजसो सहभागिहरुले नेपाली समाजमा भएका समस्याहरु माथि ध्यानाकर्षण गराउदै सबै संस्थाहरुले समस्या समाधानका लागि आपसी सहकार्यमा जोड दिएका थिए ।

कार्यक्रममा बिशेषगरी धेरै सहभागिहरुले विधार्थीका समस्याहरु बढी भएको टिप्पणी गर्दै समस्या समाधानका लागि संस्थाहरुबीच आवश्यक सहकार्यका साथै सन्देशमुलक कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोडदिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यबाहक राजदूत तथा उपनियोग प्रमुख अम्बिका जोशीले दूतावासले जापानवासी नेपालीका समस्या समाधानको लागि लागिपरेको बताउदै जापानका संघ संस्था संगको सहकार्यमा जोडदिनुभयो ।

“सबै सँग कमी कमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ।दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नै हो,पछिल्लो समय हामी विधार्धीका समस्याप्रति गम्भिर छौ”जोशीले भन्नुभयो ।दूतावास सँग
ईमेल,फोन ,मोबाइल र फेसबुक मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी पनि उहाले दिनुभयो ।

कार्यक्रममा पत्रकार महसंघका संस्थापक अध्यक्ष तिलक मल्ल ,एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल ,महासचिब सिद्धार्थ श्रेष्ठ लगायत अन्य संघ संस्था संगठनका प्रतिनिधिले पनि समसामयिक बिषयमा आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम जापानका पुर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेप्रति मौन धारण गरेर शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...