सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

टोकियोमा नेपाल फेस्टिवलको तयारी

टोकियोनेपाली कला संस्कृतिलाई जापानीहरु माझ चिनाउने उद्धेश्यले टोकियोमा १२ नेपाल फेस्टिवलको आयोजना गरिएको

टोकियोको नाकानो स्थितसिकीनो मोरीपार्कमा जुलाई ३० ३१ तारिख चल्ने उक्त फेस्टिवल गैरआवासीय नेपाली संघ जापानलेआयोजना गरेको हो।फेस्टिवल बिहान १० बजेदेखि साझ बजे सम्म चल्नेछ

फेस्टिवलमा नेपाली कला संस्कृति झल्किने बिभिन्न गीत,संगीत,नृत्य तथा झाँकी प्रस्तुत गरिनेछ ।नेपालका धार्मिक,सांस्कृतिक तथाप्राकृतिक पर्यटकिय स्थलका साथै नेपाली भेषभूषा तथा नेपाली खानाको प्रचार पनि जापानीहरु माझ यस फेस्टिवलमा गरिनेछ

उक्त फेस्टिवलमा नेपाली खानाका स्टलहरुका साथै अरु बिभिन्न सेवाप्रदायक कम्पनीहरुको  स्टलहरु रहनेछन

फेस्टिवलको सबै तयारी पुरा भईसकेको आयोजक संस्था गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारीदिनुभयो

बिगतका फेस्टिवलमा भएका कमीकमजोरीलाई ध्यान दिदै यस पटक थप ब्यवस्थित तथा आकर्षक बनाउछौ।फेस्टिवल प्रचार प्रसारसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले भन्नुभयो

स्वयंसेवक संयोजक तथा एनआरएनए जापानका  यूवा संयोजक राकेस रुम्बाले फेस्टिवललाई ब्यवस्थित गर्न पर्याप्त स्वयंसेवककोब्यवस्था गरिएको जानकारी दिनुभयो

फेस्टिवलमा बेचिने खानाको गुणस्तरको लागि एनआरएनए जापानकी महिला संयोजक अन्जु भण्डारीको संयोजनमा एक बिभागबनाइएको जसले गुणस्तरहिन खाना बिक्री बितरणमा आवश्यक कारबाही गर्नेछ

नेपाल फेस्टिवलको आयोजना भईरहदा पछिल्लो समय टोकियोमा कोरोना संक्रमण भने बढिरहेको ।संक्रमणकाबीच   नेपालफेस्टिवल त्यति प्रभावकारी नहुने टिका टिप्पणी पनि जापानका नेपालीहरुले सामाजिक संजालमा गरिरहेको पाईन्छ

बढ्दो कोरोना संक्रमणकाबीच नेपाल फेस्टिवल आयोजना गरिनु सकारात्मक पक्ष होइन समयमै सोचौ’,जापानमा संचारकर्मीका रुपमाचिनिने तथा पत्रकार महासंघ जापानका सचिब शान्त पहरीले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन

जापानमा संक्रमण बढेपनि जापान सरकारले तत्काल कुनै नयाँ मापदण्ड भने लागु गरेको छैन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...