नेपाली कला संस्कृतिलाई जापानीहरु माझ चिनाउने उद्धेश्यले टोकियोमा १२ औ नेपाल फेस्टिवल शनिबारदेखि शुरु भएको छ ।
शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा फेस्टिवलको उदघाटन गरियो ।
टोकियोको नाकानो स्थित ‘सिकीनो मोरी’पार्कमा शनिबारदेखि आज चल्ने उक्त फेस्टिवल गैरआवासीय नेपाली संघ जापान र नेपाली राजदूतावास जापानले संयुक्त रुपमा आयोजना गरेको हो।फेस्टिवल बिहान १० बजेदेखि साझ ७ बजे सम्म चलिरहेको छ ।
फेस्टिवलमा नेपाली कला संस्कृति झल्किने बिभिन्न गीत,संगीत,नृत्य तथा झाँकिहरुको प्रस्तुत गरिएको छ ।नेपालका धार्मिक,सांस्कृतिक तथा प्राकृतिक पर्यटकिय स्थलका साथै नेपाली भेषभूषा तथा नेपाली खानाको प्रचार पनि जापानीहरु माझ यस फेस्टिवलमा गरिएको छ ।
शनिबारको कार्यक्रममा टोकियोस्थित विभिन्न राजदूतावासका कूटनीतिक प्रतिनिधिहरु, नेपालका लागि पूर्वजापानी राजदूत लगायत ठूलो संख्यामा नेपाली तथा जापानीहरुको सहभागिता रहेको थियो ।