आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

न्यान्सी पेलोसीको भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीच तनाव चुलिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार पेलोसी एसिया भ्रमणका लागि सोमबार सिंगापुर पुगेकी थिइन्। उनी आजै साँझ वा भोलि बिहान ताइवानको राजधानी ताइपेई पुग्ने सम्भावना छ। ताइपेईबाट उनी दक्षिण कोरिया र जापान जाने कार्यक्रम छ।

सार्वजनिक भएको उनको भ्रमण तालिकामा ताइवान भ्रमण उल्लेख गरिएको छैन। पहिलादेखि नै ताइवान जान चाहिरहेकी पेलोसी ताइपेई जाने कुरालाई अमेरिकी अधिकारीहरूले नकारेका छैनन्।

ताइवानलाई चीनले आफ्नो अभिन्न अंग ठान्छ र एकदिन यो टापु चीनमा समाहित हुने अपेक्षामा छ।

लामो समयदेखि चीनकी कटू आलोचक रहेकी पेलोसीलाई ताइवान भ्रमण नगर्न चीनले चेतावनी दिएको छ। अमेरिकाले भने चीनको त्यस्तो चेतावनीले नडराउने जवाफ फर्काएको छ।

केही दिनअघि अमेरिका र चीनका राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीका क्रममा पनि यो विषय उठेको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङले पेलोसीले ताइवान भ्रमण गर्न नहुने बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवान जाने/नजाने निर्णय पेलोसीले गर्ने र आफूले त्यसमा हस्तक्षेप गर्न नसक्ने बताएका थिए।

अमेरिकी अधिकारीहरूले पेलोसीको ताइवान भ्रमणले अमेरिकाको चीनप्रतिको नीतिमा कुनै परिवर्तन नहुने बताएका छन्। यथास्थितिमा यसअघि पनि यस्ता भ्रमणहरू भएकाले पेलोसी ताइपेई जानु कुनै नौलो विषय नभएको उनीहरूको दाबी छ।

‘लामो समयदेखि अमेरिकाले लिइरहेको नीतिअनुसार हुने पेलोसीको सम्भावित भ्रमणलाई चीनले कुनै संकट वा द्वन्द्व सिर्जना गर्नेतिर ढाल्ने वा ताइवान स्ट्रेटमा सैनिक गतिविधि बढाउने पूर्वअवस्थाका रूपमा उपयोग गर्नुहुन्न,’ अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन एफ किर्बीले भनेका छन्,‘हाम्रा कदमले कसैलाई तर्साउने वा नयाँ अवस्था सिर्जना गर्ने गरेका छैनन्। यसअघि पनि यस्ता भ्रमणहरू भएका छन् अहिलेको सम्भावित भ्रमणले यथास्थितिमा कुनै बदलाव ल्याउँदैन।’

बेइजिङले भने पेलोसीको सम्भावित भ्रमणले यथास्थितिमा परिवर्तन गर्दैन भन्ने कुरा पत्याएको छैन।

‘हामी फेरि एक पटक अमेरिकालाई भन्न चाहन्छौं कि चीन तयार भएर बसेको छ, चिनियाँ जनमुक्ति सेना चुप लागेर बस्ने छैन र चीनले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि प्रभावकारी र शक्तिशाली जवाफ फर्काउनेछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भनेका छन्,‘यदि उनले ताइवान जाने दुस्साहस गरिन् भने पर्खौं र हेरौं न।’

वासिङ्टन र बेइजिङका अधिकारीहरूले कडा प्रतिक्रिया दिइरहेका बेला ताइवान आसपासको समुद्रमा युद्धपोत र लडाकु जहाजहरू थपिएका छन्।

रोयटर्सका अनुसार अमेरिकाले मंगलबार चार वटा युद्धपोतलाई ताइवानको नजिक ल्याएर राखेको छ। अधिकारीहरूले यसलाई नियमित प्रक्रिया भएको बताए पनि पेलोसीको भ्रमणका लागि युद्धपोत ताइवान वरपर जम्मा भएको ठानिएको छ।

युएसएस रोनाल्ड रेगन एयरक्राफ्ट क्यारियरलाई पनि ताइवानको पूर्वमा ल्याएर राखिएको छ।

यता चीनले पनि ताइवानतिरको समुद्रमा लडाकु जहाज बाक्लो संख्यामा पठाएको छ। चीन र ताइवानको अनौपचारिक सीमा भएको स्थानसम्म थुप्रै चिनियाँ युद्धपोत खटिएका छन्। आकाशमा पनि चिनियाँ लडाकु जहाज मेडियन लाइनसम्म उडेका छन्।

ताइवानको रक्षा मन्त्रालयले पनि सीमामा भइरहेका सैनिक गतिविधिबारे पूर्ण रूपमा जानकार रहेको चीनबाट खतरा बढ्नासाथ सैनिकहरू परिचालन गरिने बताएको छ।

ताइवानबाट नजिकै रहेको चिनियाँ सहर सियामेनका बासिन्दाहरूले बख्तरबन्द गाडीहरू गुडिरहेका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा

काठमाडौं : नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा कायमै रहेको छ। भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ३३अंक पाएर ११७ औं स्थानमा रहेको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जर्मनीमासार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ११७ औं स्थानमा रहेको छ। नेपालले यो वर्ष १०० मा ३३अंक पाएको छ। गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो। १८० वटा मुलुकहरुको बरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ। अघिल्लो र यस वर्ष नेपालको अंक स्थिर रहेको छ। रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककोरुपमा सूचीकृत भएको छ। सिपीआईले विश्वभरि नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमि र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेकोजनाएको छ। कोभिड–१९ सम्बन्धी क्रियाकलापले पनि यस कुरालाई प्रशय दिएको छ। संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल नगरेको देखिएको छ। सिपिआईले नागरिक हकअधिकार कमजोर भएका देशमाभ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने जनाएको छ। यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ। विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारासम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएको हो। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्षसार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ। सीपीआई २०२१ मा दुईतिहाई मुलुकले ५०भन्दा कम अंक (स्कोर) प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकका रुपमा रहेका छन्। यस वर्षको औसत स्कोर ४३ रहेको छ। पछिल्लोदशकमा १५४ देशको स्कोर बढ्न नसकेको वा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति नभएको देखिएको छ। विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अकं (११७ औंस्थान) दिइएको छ। गतवर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको थियो। यसअनुसार नेपाल भ्रष्टाचार व्याप्तमुलुकहरूको श्रेणीमै रहेको छ। अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमालिन सकिन्छ।

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...