शनिबार, कार्तिक २२, २०८३

शनिबार, कार्तिक २२, २०८३

राजनीति स्थायित्व नभई देश समृद्ध हुदैन: अध्यक्ष दाहाल

पूर्ण चलाउने,टोकियो–पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्व नभएका कारण  देश विकासमा बाधा पुगेको बताउनुभएको छ ।

पाँचदिने जापान भ्रमणमा आउनुभएका अध्यक्ष दाहालले आइतबार टोकियोमा नेपाली जनप्रगतिशील मंच जापानले आयोजना गरेकोएक अन्तर्क्रिया कार्यक्रममा देश संचालन    गर्ने राजनीति अझै ब्यवस्थित  नभएको तर अब चाडै राजनितीक निकास निस्किने दाबीगर्नुभयो ।

विश्वमा राजनीतिक स्थायित्व भएका देशहरु समृद्ध भएको उल्लेख गर्दै दाहालले जापानको बिकासको प्रशंसा गर्नुभयो ।

जापानीहरुमा सकारात्मक सोच र समयको महत्व बुझ्ने क्षमता बाट आफू प्रभावित भएको पनि उहाले बताउनुभयो ।

जपानकोको जस्तै नेपालमा पनि कृषिमा आधुनिकीकरण  गरिनुपर्ने जोडदिदै पछिल्लो समय आफुले पहल पनि गरिरहेको   उहालेबताउनुभयो ।

जापानमा नेपाली दूतावासलाई अझ प्रभावकारी बनाउन पहल गर्नुका साथै जापानमा विधार्धीका समस्या पनि आफुले बुझेको जानकारीगराउनुभयो

‘इमान्दारीपुर्वक भन्छु देशमा अझै सुशासन छैन,अझै समय लाग्छ त्यसैले म तपाईंहरुलाई देशमा सबै ठिक् छ फर्किनुस् भनेरभन्दिन’,कार्यक्रममा सहभागी जापानवासी नेपालीलाई उहाले भन्नुभयो,’केही समय अझै यतै बस्नुहोस्।’

प्रचण्डले आइतबार जापानको हिरोशिमा स्थित हिरोशिमा एतिहासिक संग्रहालयको अवलोकन पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह-भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुनेबताउनुभएकाे छ । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...