आइतवार, कार्तिक ९, २०८३

आइतवार, कार्तिक ९, २०८३

टोकियोमा नवलपुर समाजको ‘तीज धमाका’ हुने

जापान/नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नवलपुर समाज–जापानले “तीज धमाका” विशेष सांगीतिककार्यक्रम गर्ने भएको छ ।

नेपालका चर्चित तथा जापानमा रहेर सांगीतिक कर्म गर्दै आएका गायक–गायिकाको साथमा यही अगष्ट २९ गते सोमवार सो कार्यक्रमगर्न लागिएको हो । तीजको दर खाने दिन दिउँसो ३ बजेबाट शुरू गर्ने योजना रहेको “तीज धमाका” कार्यक्रम कावासाकी स्टेसनसंगैरहेको व्यापारिक केन्द्र लाजोनाको ५ औं तल्लामा रहेको हलमा राखिएको कार्यक्रम संयोजक प्रेमप्रसाद कँडेलले जानकारी दिनुभयो ।

संयोजक कँडेलका अनुसार, कार्यक्रममा सहभागिताका लागि साधारण टिकट २ हजार येनको र भिआईपी टिकट १ मान येनको क़ायमगरिएको छ । कार्यक्रममा नेपाली लोकसंगीतका पूराना अनि लोकप्रिय गायक–गायिका बद्री पंगेनी र सम्झना भण्डारीका साथमाजापानमा रहेका संगीतकर्मीहरू अमित सापकोटा, निशा क्षेत्री, खेमराज पौडेल, शान्ता जि.सी., शिवा के.सी.लगायतले आफ्नोधमाकेदार प्रस्तुति दिने नवलपुर समाज–जापानले जनाएको छ ।

“हामीले नवलपुर जिल्लाबाट नेपाली गीतसंगीतको क्षेत्रमा उदाएका धेरै कलाकारहरूलाई ल्याउने प्रयास गरेकापनि हौं”, संयोजककँडेलले भने,”तर नेपालस्थित जापानी दूतावासबाट भिसा सुनिश्चित हुन नसक्दा त्यो चाहना भने पूरा गर्न सकेनौं ।”  नवलपुर समाज–जापानका अध्यक्ष कृष्ण खरेलले कोरोना कहरका कारण केही वर्षदेखि गुम्सिएका रहरलाई पूरा गराउनका लागि तीज धमाकाकोआयोजना गरिएको स्पष्ट पारे । “परदेशमा रहेरपनि नेपाली कला–संस्कृति अनि रितिथितिको सम्झना र जगेर्ना गर्ने उद्देश्यले हामीले योकार्यक्रमको आयोजना गरेका हौं”, अध्यक्ष खरेलले भने,”वर्षौदेखिको साथीसंगी अनि ईष्टमित्रसंग भेटघाट अनि जमघट हुने चाहनालाईयो कार्यक्रमले परिपूर्ति गर्ने विश्वास हामीले लिएका छौं ।” सो कार्यक्रमलाई भव्य अनि सभ्य किसिमले सम्पन्न गर्नका लागिनवलपुरवासी तथा जापानमा कार्यक्रम स्थल वरपर रहनु भएका सबै नेपाली समुदायलाई सहभागिताका लागि नवलपुर समाज–जापानलेअनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...