बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

राजु लामाले फहराए फुजीमा नेपाली झण्डा

टोकियो। मंगोलियन हर्टका गायक राजु लामा यतिखेर जापानमा छन ।लामाले आइतबार टोकियोमा तमुधीं जापानको आयोजनामा भएको एक भब्य रोधी साँझ कार्यक्रममा आफ्ना आकर्षक प्रस्तुति दिदै नेपाली दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गराएका थिए ।लामाका प्रत्येक प्रस्तुतिमा खचाखच भरिएको हलमा दर्शकहरु नाचेर,संगसंगै गाएर र सुनेर रमाइरहेका थिए ।

उक्त कार्यक्रमका एक सहभागीले भने,’कोरोना भाइरस फैलिएपछि जापानमा यो स्तरको सांगीतिक कार्यक्रम भएको थिएन,जेहोस धेरैपछि आज सागीतिक रमाइलो भयो।’

लामाको टोकियोपछि जापानको ठुलो शहर नागोया, ओकिनावा र ओसाकामा पनि कन्सर्टहरु आयोजना गरिएका छन ।

मंगलवार भने लामाले जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजीमा चढेर नेपालको राष्ट्रिय झण्डा फहराएका छन ।माउन्ट फुजी चढिसकेपछि लामाले चढ्न गार्हो भएपनि त्यसको आनन्द भने शब्दमा बयान गर्न नसकिने बताएका छन ।चन्द्र र सुर्य अंकित नेपालको झण्डा जापानको सबैभन्दा अग्लो हिमालमा फहराउन पाउदा गर्वको महशुस गरेको पनि लामाले बताए ।

माउन्ट फुजी ३ हजार ७ सय ७७ मिटर अग्लो हिमाल हो । उसो त लामाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

जापानमा७.३ म्याग्निच्युडको भूकम्प

उत्तरपूर्वी जापानमा बुधबार राति ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी र फुकुसिमा प्रिफेक्चरहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। अधिकारीहरूले त्यहाँका मानिसहरूलाई समुद्र वा...