बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

राजु लामाले फहराए फुजीमा नेपाली झण्डा

टोकियो। मंगोलियन हर्टका गायक राजु लामा यतिखेर जापानमा छन ।लामाले आइतबार टोकियोमा तमुधीं जापानको आयोजनामा भएको एक भब्य रोधी साँझ कार्यक्रममा आफ्ना आकर्षक प्रस्तुति दिदै नेपाली दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गराएका थिए ।लामाका प्रत्येक प्रस्तुतिमा खचाखच भरिएको हलमा दर्शकहरु नाचेर,संगसंगै गाएर र सुनेर रमाइरहेका थिए ।

उक्त कार्यक्रमका एक सहभागीले भने,’कोरोना भाइरस फैलिएपछि जापानमा यो स्तरको सांगीतिक कार्यक्रम भएको थिएन,जेहोस धेरैपछि आज सागीतिक रमाइलो भयो।’

लामाको टोकियोपछि जापानको ठुलो शहर नागोया, ओकिनावा र ओसाकामा पनि कन्सर्टहरु आयोजना गरिएका छन ।

मंगलवार भने लामाले जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजीमा चढेर नेपालको राष्ट्रिय झण्डा फहराएका छन ।माउन्ट फुजी चढिसकेपछि लामाले चढ्न गार्हो भएपनि त्यसको आनन्द भने शब्दमा बयान गर्न नसकिने बताएका छन ।चन्द्र र सुर्य अंकित नेपालको झण्डा जापानको सबैभन्दा अग्लो हिमालमा फहराउन पाउदा गर्वको महशुस गरेको पनि लामाले बताए ।

माउन्ट फुजी ३ हजार ७ सय ७७ मिटर अग्लो हिमाल हो । उसो त लामाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...