शुक्रबार, कार्तिक २३, २०८१

शुक्रबार, कार्तिक २३, २०८१

दूतावासले जापानवासी नेपालीहरुको तथ्याँक संकलन सुरु गर्ने

जापानका लागि नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानवासी नेपालीहरुको विविध समस्या समाधानका लागि तथ्याँकसंकलन सुरु गर्ने जानकारी गराउनु भएको छ।

बुधबार साँझ दूतावास कार्यालयमा राजदूतलाई स्वागत गर्न पुगेका नेपाल पत्रकार महासंघ जापान शाखाका पदाधिकारी सहितसंचारकर्मीहरुसंग कुराकानी गर्दै राजदूत सुवेदीले आफु जापानवासी नेपालीहरुको अभिभावक भएकाले सवैको यथाअवस्था जानकारीराख्न तथ्याँक संकलन आवश्यक रहेको बताउनु भयो। टोकियो स्थित दूतावास कार्यालयमा आउने सेवाग्राहीसंगै अन्य हरेक नेपालीजापानमा नेपालको प्रतिनिधि हो भन्ने महसुस गराउन यसले सहज हुने भन्दै उहाँले आफ्ना नागरिक तथा परिवारको सदस्यको जानकारीसमेत थाहा पाउन सजिलो हुने बताउनु भयो। यसका लागि केही दिन भित्र निर्देशिका लगायतका काम सुरु हुने जानकारी दिनुभयो।

सोही अवसरमा उहाँले आफनो चारवर्षै कार्यकालमा मुख्यगरि चार महत्वपूर्ण विषयमा केन्द्रीत रहेर काम गर्ने जानकारी दिनुभयो। नेपाल जापानबीचको सम्वन्धलाई थप नयाँ उचाईमा पुर्याउने, जापानवासी नेपाली तथा जापानी नागरिक स्तरमा धार्मीक, सास्कृतिक, व्यवसायीक सहित बहुआयामिक सहयोग तथा सदभाव कायम राख्दै यसलाई नयाँ तवरले मजवुत सम्वन्ध अभिवृद्धि गर्न पहल गर्नेबताउनु भयो। यसैगरि सरकारी स्तरबाट नेपालको फोहोर मैला व्यवस्थापन विपद व्यवस्थापनका लागि सहयोग जुटाउन औपचारिकरुपमा कुराकानी अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयौ। यस्तै राजदूतावासबाट प्रदान हुने सेवालाई सरल, सहज सिघ्र बनाउननोटुमरो पोलेसी” (“आजको काम आजैकार्यान्वयन गर्ने दावी गनुभयो।

हाल राहदानी सेवा पासपोर्ट नविकरण तथा नयाँ बनाउन दैनिक ३२ जना नेपाली सेवाग्राहीले सेवा लिई रहनु भएकोमा यसलाई बढाएरदोब्बर बनाउने तयारी गरेको जानकारी दिनुभयो। यस्तै (पासपोर्ट बनाउन हाल दूतावास मै आउनु पर्ने अवस्थालाई घटाउन नेपालीहरुकोघनत्व रहेका स्थानमा मोवाईल घुम्ती सेवा पुर्याउने तयारी गरिरहेको जानकारी दिनुभयो यसका लागि गैरआवासीय नेपाली संघएनआरएनए स्थानिय स्तरमा रहेका नेपाली संघसस्थासंग सहकार्य गरेर काम गर्ने बताउनु भयो।

बेलायतमा साढे चार वर्ष राजदूतको कार्यकाल पुरा गरेको अनुभव सुनाउदै राजदूत सुवेदीले जापान जस्तो निकट सम्वन्ध भएको देशमापुन राजदूत भएको आए पश्चात रचनात्मक सहज सेवा प्रदान गर्न सकिने विविध विषयमा तयारी गरिरहेको दावी गर्नुभयो।

टेलिफोन सेवा सहज बनाउन हटलाईन संचालन हुने

यसैबीच राजदूत सुवेदीले जापानको टोकियो दूतावासमा सेवाग्राहीले फोन गर्दा झंझट रहेको गुनासोलाई सम्वोधन गर्न जतिवेलापनिकुराकानी गर्न दूतावास हटलाईन सेवा संचालन गर्ने तयारी गरेको जानकारी दिनुभयो। यसैगरि सामाजिक संजालबाट समेत गुनासो सेवा वारे जानकारी प्रदान गर्न अफिसियल नयॅा टुईटर पुरानो फेसबुक पेजलाई सुचारू गरिएको जानकारी दिनुभयो।

उपनियोग प्रमुख जोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी

यसैबीच राजदूत सुवेदीले दूतावासका सुचना तथा आवश्यक जानकारीका लागि उपनियोग प्रमुख समेत रहनु भएका अम्बिकाप्रसादजोशीलाई प्रवक्ता तथा सूचना अधिकारी जिम्मेवारी समेत थप गरिएको जानकारी दिनुभयो।

समारोहमा दूतावसाका उपनियोग प्रमुख अम्विकाप्रसाद जोशी, प्रथम सचिव जीतबहादुर कार्की तृतिय सचिव ज्ञानहरि ज्ञवालीकोसहभागिता थियो। यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, उपाध्यक्षद्वय पुर्ण चलाउने, कुमार मोक्तान, कोषाध्यक्षआनन्द कोइराला, सदस्य विश्वास आचार्य, संचारकर्मी शिक्षा शान्ति वाईवा लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

अष्ट्रेलियाले जापान र भारतसंग रक्षा साझेदारी बढाउने

क्यानबेरा — अस्ट्रेलियाले भारत र जापानलगायत हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग कूटनीतिक र रक्षा साझेदारीलाई बढाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...