जापान । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको २१औं अधिवेशन सम्पन्न भएको छ ।
टोकियो स्थित कामतामा आइतबार सम्पन्न अधिवेशनबाट कुलचन्द्र खरेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
मञ्चको चार उपाध्यक्षमा बाबुराम भण्डारी, अर्जुन अधिकारी, प्रकाश ढकाल र श्रृजना केसी चयन भएका छन भने सचिबमा राजेन्द्र श्रेष्ठ, तीन उप-सचिवमा महेन्द्रकुमार अधिकारी, बुद्धिराज घिमिरे र कृष्टिना भण्डारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पशुपति गिरी, विकास पौडेल, कृष्ण खनाल, शंकर रिमाल, मनोज श्रेष्ठ, गम्भीरजंग बस्नेत, अच्युत लोहनी, नारायण पौडेल, महेश खड्का, सुमी रायमाझी, चेतन दाहाल, राकेश लामा, विजय गुरुङ, दीप पाठक, अर्जुन आचार्य, मथुराम लामिछाने, सागर भुषाल, बलदेव केसी, कृष्ण भुषाल, धनराज जोशी, राज्यमान छारा, हरि पौडेल, अनुजराज क्षेत्री र दिपक घिमिरे चयन भएका भएका छन।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
नवनिर्वाचित अध्यक्ष खरेलले आफ्नो नेतृत्वमा बनेको कमिटी एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै जापानका सबै नेपाली संघसंस्थाहरुसंग सहकार्य गर्ने बताउनुभयो ।