आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

लन्डन बेलायतको नयाँ प्रधानमन्त्री लिज ट्रस बन्नुहुने भएको बेलायतको सत्तारूढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जितहासिल गरेसँगै उहाँ बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो ट्रस दलको नेता चुनिएपछि पार्टी नेतृत्वका लागि लामो समय चलेकोहोडबाजी सकिएको दलको नेतृत्वका लागि पूर्वअर्थमन्त्री रिशी सुनाक विदेशमन्त्री रहनुभएकी ट्रसबीच भएको तीव्र प्रतिस्पर्धामाट्रसले बाजी मार्नुभएको हो नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले सोमबार दिउँसो ट्रस नेता चुनिएकोघोषणा गर्नुभएको थियो ट्रसले ८१ हजार ३२६ मत प्राप्त गर्नुभयो भने सुनाकले ६० हजार ३९९ मत प्राप्त गर्नुभएको थियो

वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले गत जुलाईमा पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो सन् २०१९ को आम निर्वाचनमाबहुमत ल्याएर प्रधानमन्त्री बन्नुभएका जोन्सन जुलाई मध्यतिर कोभिड नियम उल्लंघनलगायत विभिन्न विवादमा तानिनुभएको थियो उहाँको कार्यशैलीविरुद्ध क्याबिनेट मन्त्रीहरूले विद्रोह गरेपछि उहाँ राजीनामा घोषणा गर्न बाध्य हुनुभएको थियो

जोन्सनले मंगलबार टेन डाउनिङ स्ट्रिटबाट बिदा लिने हुनुभएको उहाँ मंगलबार स्कटल्याण्ड जाने महारानी एलिजाबेथसँग भेट गरीऔपचारिक रूपमा राजीनामा बुझाउने बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको ट्रसले पनि स्कटल्याण्डमै महारानीसँग भेटगरेर सरकार गठनको अनुमति लिने बताइएको ९६ वर्षीया महारानी एलिजाबेथ अहिले समरमा बालमोरल क्यासल स्कटल्याण्डमारहेकाले नयाँ प्रधानमन्त्रीले बकिङहम दरबारको सट्टा त्यता गएर नियुक्ति लिने जनाइएको

ट्रसले अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति अर्थशास्त्र अध्ययन गरेर विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गर्नुभएकोथियो बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री हुनुहुने भएको उहाँको पूरा नाम मेरी एलिजाबेथ ट्रस हो उहाँकाश्रीमान ह्यु लियरी लेखापाल हुनुहुन्छ भने उहाँहरूका दुई छोरी छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा

काठमाडौं : नेपाल भ्रष्टाचार व्याप्त हुने देशको सूचीमा कायमै रहेको छ। भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ३३अंक पाएर ११७ औं स्थानमा रहेको छ। भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले जर्मनीमासार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल ११७ औं स्थानमा रहेको छ। नेपालले यो वर्ष १०० मा ३३अंक पाएको छ। गत वर्ष पनि नेपालको स्कोर त्यति नै थियो। १८० वटा मुलुकहरुको बरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ। अघिल्लो र यस वर्ष नेपालको अंक स्थिर रहेको छ। रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककोरुपमा सूचीकृत भएको छ। सिपीआईले विश्वभरि नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमि र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेकोजनाएको छ। कोभिड–१९ सम्बन्धी क्रियाकलापले पनि यस कुरालाई प्रशय दिएको छ। संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल नगरेको देखिएको छ। सिपिआईले नागरिक हकअधिकार कमजोर भएका देशमाभ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने जनाएको छ। यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ। विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारासम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएको हो। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्षसार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ। सीपीआई २०२१ मा दुईतिहाई मुलुकले ५०भन्दा कम अंक (स्कोर) प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुकका रुपमा रहेका छन्। यस वर्षको औसत स्कोर ४३ रहेको छ। पछिल्लोदशकमा १५४ देशको स्कोर बढ्न नसकेको वा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति नभएको देखिएको छ। विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अकं (११७ औंस्थान) दिइएको छ। गतवर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको थियो। यसअनुसार नेपाल भ्रष्टाचार व्याप्तमुलुकहरूको श्रेणीमै रहेको छ। अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमालिन सकिन्छ।

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...