बिहिबार, बैशाख १७, २०८३

बिहिबार, बैशाख १७, २०८३

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ।

त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो। जापान, अमेरिका र दक्षिण कोरियाले गत साताको सुरुमा त्रिपक्षीय सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले उक्त प्रहार गरेको हो।

त्यो सैन्य अभ्यास उत्तर कोरियालाई उक्साउन गरिएको ठानिएको थियो। एक सातामा प्योङयाङले गरेको यो पाँचौँ क्षेप्यास्त्र प्रक्षेपण हो।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।

अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो र त्यसबाट कोही घाइते भएको विवरण आएको छैन।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणला ‘हिंसक व्यवहार’ भन्दै उक्त कार्यको कडा निन्दा गरेका छन्।

पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ। यो प्रक्षेपण जापान र अमेरिकाको ध्यानाकर्षण गराउनको लागि जानाजान गरेको जस्तो देखिन्छ।

अहिले अमेरिका र जापानले उत्तर कोरियाली नेता किम जङ अनलाई बेवास्ता गरिरहेका छन्। कुनै पनि पूर्व चेतावनी वा परामर्श विना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण उल्लङ्घन हो।

धेरै देशहरू यस्तो कार्य गर्न पूर्ण रूपमा जोगिन्छन् किनकि यस्तो कार्यले सहजै आक्रमणको रूप लिनसक्छ र उत्तेजना बढाउन सक्छ। अमेरिकाले उत्तर कोरियाको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ।

जापान, अमेरिका र दक्षिण कोरियाले गत साताको सुरुमा त्रिपक्षीय सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले उक्त प्रहार गरेको हो। त्यो सैन्य अभ्यास उत्तर कोरियालाई उक्साउन गरिएको ठानिएको थियो।

एक सातामा प्योङयाङले गरेको यो पाँचौँ क्षेप्यास्त्र प्रक्षेपण हो।

शनिवार पनि दुईवटा रकेटहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर पानीमा खसेका थिए। उत्तर कोरियाका धेरै क्षेप्यास्त्र परीक्षणहरू छिमेकी देशहरूबाट हुने उडानहरूलाई बेवास्ता गर्दै उच्च आकाशमा गर्ने गरिन्छ।

यसै महिनाको सुरुमा उत्तर कोरियाले आफूलाई परमाणुअस्त्रयुक्त राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो। नेता किम जङ अनले परमाणु निरस्त्रीकरण वार्ताको सम्भावनालाई अस्वीकार गर्दै त्यस्तो गरेका हुन्।

व्यापक प्रतिबन्धका बीच प्योङयाङले सन् २००६ देखि २०१७ सम्म ६ वटा परीक्षणहरू गरेको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...