मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

सिडनीमा भारी वर्षा

सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अष्ट्रेलियाको आपत्कालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ । अधिकारीले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

न्यू साउथ वेल्सको आपत्कालीन सेवाका आयुक्त कार्लीन योर्कले आइतबार पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरू अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।

सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जनभन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपत्कालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा वर्षाका कारण नदीहरू बढ्ेका र डुवानको समस्या पनि देखिएकाले बाढीको जोखिम क्षेत्रका मानिसलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ ।

राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन । सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् ।

गत मार्चमा अष्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ। उक्त कार्यक्रमबाट १० हजार अमेरिकी...