बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

सुनकले युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न मद्दत गर्ने

काठमाडौँ — बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न मद्दत गर्ने प्रतिबद्धता व्यक्तगरेका छन् । सुनकले प्रधानमन्त्रीको रुपमा मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन् ।

रुस–युक्रेन युद्धलाई ‘डरलाग्दो युद्ध‘को संज्ञा दिँदै उनले यसको सफल निष्कर्ष निकाल्नु पर्ने सुझावदिएका थिए ।

बेलायतको संकटग्रस्त आर्थिक अवस्थाका बावजुद उनले आफ्नो सैन्य साझेदार मुलुक युक्रेनलाईसहयोग गर्ने वाचा गरेका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने सुनकलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिँदै युक्रेनबेलायतसँग सम्बन्ध बलियो बनाउन तयार रहेको बताएका थिए ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनकलाई बधाइ दिएका थिए । यस क्रममा उनलेसुनकलाई बेलायती समाज र सारा विश्वले सामना गरिरहेका चुनौतीको सफलतापूर्वक पार गर्न सक्नेमाआशा पनि व्यक्त गरेका थिए ।

यस्तै प्रधानमन्त्रीको रुपमा सुनकले पहिलो भाषण गर्दा विशेषगरी बेलायतको आर्थिक अवस्था सुधार्नेप्रतिबद्धता व्यक्त गरेका छन् । उनले आर्थिक संकट सामना गर्दै राष्ट्रलाई एकजुट बनाउने वाचा गरेकाछन् ।

पछिल्लो समय आर्थिक र राजनीतिक अस्थिरताको चुनौती झेलिरहेको बेलायतमा यही सोमबारपूर्वअर्थमन्त्री समेत रहेका ऋषि सुनक प्रधानमन्त्री चयन भएका छन् । उनी ५० दिनको अवधिमाबेलायतको तेस्रो प्रधानमन्त्री बनेका हुन् ।

अर्थात्, बोरिस जोनसन र लिज ट्रसले कार्यकाल पूरा नगरिकन राजीनामा दिएपछि सुनक कन्जरभेटिभपार्टीबाट प्रधानमन्त्रीमा चयन भएका हुन् ।

सुनकले पहिलो भाषणको रुपमा यसअघि छोटो समय प्रधानमन्त्री बनेर राजीनामा दिएकी लिजट्रसमाथि पनि टिप्पणी गरेका थिए । सुनकले ट्रसलाई लक्षित गर्दै उनी खराब नभएको तर काम गर्नेक्रममा गल्तीहरू भएको टिप्पणी गरेका थिए ।

यसैबीच सुनकलाई बेलायतको प्रधानमन्त्री बनेकोमा विभिन्न देशका प्रमुख तथा उच्चपदस्थव्यक्तिहरूले बधाइ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

युक्रेनमा रूसी सैनिक मारिएको पुष्टि

रुसले पहिलोपटक युक्रेनमा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको छ तर कति सैनिक मारिए भन्ने खुलाएको छैन । रुसी सैनिकहरूले विशेष सैन्य कारबाहीमा युद्ध कार्य पूरा...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...