सोमवार, असार १, २०८३

सोमवार, असार १, २०८३

सुनकले युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न मद्दत गर्ने

काठमाडौँबेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई रुसको आक्रमणविरुद्ध लड्न मद्दत गर्ने प्रतिबद्धता व्यक्तगरेका छन् सुनकले प्रधानमन्त्रीको रुपमा मंगलबार यस्तो प्रतिक्रिया दिएका हुन्

रुसयुक्रेन युद्धलाईडरलाग्दो युद्धको संज्ञा दिँदै उनले यसको सफल निष्कर्ष निकाल्नु पर्ने सुझावदिएका थिए 

बेलायतको संकटग्रस्त आर्थिक अवस्थाका बावजुद उनले आफ्नो सैन्य साझेदार मुलुक युक्रेनलाईसहयोग गर्ने वाचा गरेका हुन् 

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने सुनकलाई प्रधानमन्त्री बनेकोमा बधाइ दिँदै युक्रेनबेलायतसँग सम्बन्ध बलियो बनाउन तयार रहेको बताएका थिए 

जेलेन्स्कीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनकलाई बधाइ दिएका थिए  यस क्रममा उनलेसुनकलाई बेलायती समाज सारा विश्वले सामना गरिरहेका चुनौतीको सफलतापूर्वक पार गर्न सक्नेमाआशा पनि व्यक्त गरेका थिए 

यस्तै प्रधानमन्त्रीको रुपमा सुनकले पहिलो भाषण गर्दा विशेषगरी बेलायतको आर्थिक अवस्था सुधार्नेप्रतिबद्धता व्यक्त गरेका छन्  उनले आर्थिक संकट सामना गर्दै राष्ट्रलाई एकजुट बनाउने वाचा गरेकाछन् 

पछिल्लो समय आर्थिक राजनीतिक अस्थिरताको चुनौती झेलिरहेको बेलायतमा यही सोमबारपूर्वअर्थमन्त्री समेत रहेका ऋषि सुनक प्रधानमन्त्री चयन भएका छन्  उनी ५० दिनको अवधिमाबेलायतको तेस्रो प्रधानमन्त्री बनेका हुन् 

अर्थात्, बोरिस जोनसन लिज ट्रसले कार्यकाल पूरा नगरिकन राजीनामा दिएपछि सुनक कन्जरभेटिभपार्टीबाट प्रधानमन्त्रीमा चयन भएका हुन् 

सुनकले पहिलो भाषणको रुपमा यसअघि छोटो समय प्रधानमन्त्री बनेर राजीनामा दिएकी लिजट्रसमाथि पनि टिप्पणी गरेका थिए  सुनकले ट्रसलाई लक्षित गर्दै उनी खराब नभएको तर काम गर्नेक्रममा गल्तीहरू भएको टिप्पणी गरेका थिए 

यसैबीच सुनकलाई बेलायतको प्रधानमन्त्री बनेकोमा विभिन्न देशका प्रमुख तथा उच्चपदस्थव्यक्तिहरूले बधाइ दिएका छन् 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...