बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ। पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको सहमति अनुसार गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको हो।

पार्टीका अध्यक्ष रवि लामिछाने गैर नागरिक भएको सर्वोच्चको फैसलाले संसद, उपप्रधान तथा गृहमन्त्री पद र पार्टीको सभापति पद गुमेपछि आइतबार नागरिकता लिएसँगै पार्टी अध्यक्ष चयन भएका छन्। उनी अध्यक्ष भए लगत्तै बसेको पार्टी केन्द्रीय समितिको बैठकले विगतमा सत्ता साझेदार दलसँग भएको समझदारी अनुसार गृहमन्त्रालय पार्टीले छोड्न नसक्ने निस्कर्ष निकालेको हो।

यस विषयमा सत्ता साझेदार दलसँग छलफल गर्ने जिम्मेवारी पनि अध्यक्ष लामिछानेले नै लिएका छन्। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीको निर्णय र अडानका बारेमा कुराकानी गरेको स्रोतले जनाएको छ। लामिछानेले पार्टीले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएपछि एमाले अध्यक्ष ओली बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...