सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह लखनउ प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ नेपालगञ्जबाट सडकमार्ग हुँदै केही दिनका लागि लखनउ गएको उहाँको सचिवालयले जानकारी दिएको छ । पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिनाअघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो । यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लाग्नुभएका पूर्वराजाको साथमा पूर्वयुवराज पारसबाहेक परिवारका सबै सदस्यहरू पनि भारत गएको बताउनुभएको छ ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको थियो । नेपालगञ्जको रामलीला मैदानमा बुधबार भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आहृवान गर्नुभएको थियो । पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताउनुभयो । निजी भ्रमणका क्रममा उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेताहरूलाई भेट्न सक्ने उहाँनिकट स्रोतले जानकारी दियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्यको टोली भारत भ्रमणमा निस्केको हो । उहाँले एक साता लखनउमै बिताउने बताइएको छ । शाहको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने बताइएको छ । ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ । नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनरागमनको वकालत गर्दै आउनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा शाहको राम्रो सम्बन्ध रहेको देखिन्छ । मुख्यमन्त्री आदित्यनाथले नेपाल राजतन्त्रात्मक हिन्दूराष्ट्र हुनुपर्ने मान्यता सार्वजनिक रूपमा राख्दै आउनुभएको छ । यसअघि पनि पूर्वराजा शाह नेपालगञ्ज हुँदै लखनउ पटक-पटक जानुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...