शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह लखनउ प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ नेपालगञ्जबाट सडकमार्ग हुँदै केही दिनका लागि लखनउ गएको उहाँको सचिवालयले जानकारी दिएको छ । पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिनाअघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो । यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लाग्नुभएका पूर्वराजाको साथमा पूर्वयुवराज पारसबाहेक परिवारका सबै सदस्यहरू पनि भारत गएको बताउनुभएको छ ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको थियो । नेपालगञ्जको रामलीला मैदानमा बुधबार भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आहृवान गर्नुभएको थियो । पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताउनुभयो । निजी भ्रमणका क्रममा उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेताहरूलाई भेट्न सक्ने उहाँनिकट स्रोतले जानकारी दियो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्यको टोली भारत भ्रमणमा निस्केको हो । उहाँले एक साता लखनउमै बिताउने बताइएको छ । शाहको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने बताइएको छ । ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ । नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनरागमनको वकालत गर्दै आउनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा शाहको राम्रो सम्बन्ध रहेको देखिन्छ । मुख्यमन्त्री आदित्यनाथले नेपाल राजतन्त्रात्मक हिन्दूराष्ट्र हुनुपर्ने मान्यता सार्वजनिक रूपमा राख्दै आउनुभएको छ । यसअघि पनि पूर्वराजा शाह नेपालगञ्ज हुँदै लखनउ पटक-पटक जानुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...