अन्टारियो। अन्य मुलुकबाट क्यानाडा आउनका लागि सञ्चालित कार्यक्रम ‘फेमिली क्लास इमिग्रेसन’ मा सुधार गरिने भएको छ।यसअन्तर्गतको प्रक्रियालाई अझ सहज बनाएर सुधार गरिने भएको हो।
क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकता मन्त्री सन फ्रेजरले अध्यागमनको यो महत्वपूर्ण कार्यक्रमलाई अझ सदृढ बनाउन सुधारगर्ने घोषणा गरेका हुन्।
सुधारका क्रममा पति, पत्नी आवेदकहरुका लागि अस्थायी बसोबासको भिसा (टीआरभी) मा लाग्ने समय छोट्याइने मन्त्रीले उल्लेखगरेका छन्।
दम्पतीका लागि टीआरभी आवेदकहरुका लागि नयाँ विशेष प्रक्रिया अपनाइनेछ।
यसैगरी पति, पत्नी र अरु ‘फेमिली क्लास’ आवेदकका लागि नयाँ खुला वर्क पर्मिटको व्यवस्था गरिनेछ।
२०२३ अगस्टदेखि वर्षको अन्त्यसम्म खुला वर्क पर्मिट अनुमतिको म्याद सकिनेहरुका लागि म्याद विस्तार गरिनेछ ।
मन्त्री फ्रेजरले भिसा आवश्यक देशहरुमा रहेका परिवारका सदस्यहरुले पारिवारिक वर्ग स्थायी बसोबास (पीआर) आवेदनहरु पेसगरेकाले क्यानाडामा आफ्नो प्रायोजकमा सामेल हुन अस्थायी बसोबास भिसा (टीआरभी) का लागि आवेदन दिन सक्ने उल्लेख गरेकाछन्।
इमिग्रेसन, रिफ्युजीज एण्ड सिटिजनसिप क्यानाडा (आइआरसीसी) ले टुंगो नलागेका परिवारका सदस्यहरुको टीआरभी आवेदनहरुकोसंख्या कम गरेको छ।
स्थायी बसोबासको आवेदन प्रक्रिया भइरहेको अवस्थामा पहिलेका ती टीआरभी आवेदनहरुको चाप घटाइएको मन्त्रीले उल्लेख गरेकाछन्।
त्यस्ता धेरैजसो आवेदनहरुको अन्तिम टुंगो लगाइएको जनाइएको छ।
पति, पत्नी टीआरभी आवेदनहरुप्रति आइआरसीसीले नयाँ प्रक्रिया अनुसार पति, पत्नी र तिनका बच्चाहरुका लागि ९८ प्रतिशतभन्दाबढी आवेदनहरुको अनुमोदन गरिएको जनाइएको छ।
यसो गर्नुको उद्देश्य आफ्नो पीआर आवेदनहरुको प्रक्रियाका लागि पर्खिरहेका बेला उनीहरु आफ्नो परिवारसँग रहन सकुन् भन्ने रहेकोअधिकारीहरुले उल्लेख गरेका छन्।
मन्त्री फ्रेजरले टीआरभी प्रक्रिया नयाँ तरिकाले गर्दा ३० दिनभित्रमा सक्ने बताएका छन्।
आवेदन प्रक्रिया चाँडो टुंग्याइँदा परिवारका सदस्यहरु चाँडै क्यानाडा आएर आफ्ना प्रियजनहरुसँग रहन सक्ने अवस्था सिर्जना हुनेअपेक्षा गरिएको छ।
आइआरसीसीले क्यानाडामा आएर आफ्नो प्रायोजकसँग बसोबास गर्ने र अस्थायी बासिन्दाको हैसियत पाएका पति, पत्नी आवेदकहरुर तिनका बच्चाहरुलाई खुला वर्क पर्मिट जारी गर्ने जनाएको छ।
खुला वर्क पर्मिट पहिले पति, पत्नी कार्यक्रम (स्पाउस) का लागि मात्र थियो। अब क्यानाडा बाहिरबाट आउने आउनेहरुका लागि पनिविस्तार गरिएको छ।
अगस्ट १ देखि २०२३ को बीचमा वर्क पर्मिटको म्याद सकिने अवस्था भएकाहरुले निःशुल्क रुपमा प्रक्रियामा गएर आफ्नो अनुमति १८महिनासम्म विस्तार गर्न सक्ने जनाइएको छ।
यो सुविधाले हाल क्यानाडामा रहेका करिब २५ हजार मानिसहरुलाई फाइदा पुग्ने जनाइएको छ।
तिनमा अधिकांश अस्थायी कामदारहरुका पति, पत्नी र आश्रितहरु, अन्तर्राष्ट्रिय विद्यार्थीहरुका जीवनसाथी र स्थायी बसोबासका लागिआवेदन दिएकाहरु पर्ने छन्।
क्यानाडाको इमिग्रेसन लेभल प्लान अन्तर्गत पारिवारिक वर्ग (फेमिली क्लास) को अध्यागमन दोस्रो ठूलो वर्ग हो।
२०२३ मा क्यानाडाले ये कार्यक्रमअन्तर्गत १ लाख ६ हजार ५०० नवागन्तुकलाई स्वागत गर्ने लक्ष्य लिएको छ।
त्यसमध्ये ७८ हजार पति, पत्नी, साझेदार र बच्चाहरु तथा २८ हजार ५०० आमाबुवा र हजुरबुवा हजुरआमा कार्यक्रमअन्तर्गत आउनेछन्।
२०२५ सम्म क्यानाडाले पारिवारिक वर्गको अध्यागमन मार्फत् १ लाख १८ हजार नयाँ आगन्तुकलाई स्वागत गर्ने लक्ष्य लिएको छ।
पारिवारिक वर्ग प्रायोजन कार्यक्रमले क्यानाडाका नागरिकहरु र स्थायी बासिन्दाहरुलाई बाहिर रहेका आफन्तलाई क्यानाडा आउन रस्थायी बासिन्दा बन्नका लागि एक व्यक्तिका लागि प्रायोजन गर्न अनुमति दिन्छ।
त्यसरी प्रायोजकका रुपमा योग्य हुन क्यानाडाको नागकिर वा स्थायी बासिन्दा हुनुपर्छ।
१८ वर्ष वा त्यसभन्दा माथि उमेरको हुनुपर्छ।
जेलमा रहेको वा गम्भीर अपराधको अभियोग लागेको व्यक्ति हुनु हुने छैन।
पछिल्लो ५ वर्षभित्र पति, पत्नीका रुपमा प्रायोजन नगरेको हुनुपर्नेछ।
आवश्यक योग्यता र मापदण्डहरु पूरा गरेको अवस्थामा पति, पत्नी, सामान्य कानुन र वैवाहिक साझेदारहरु, बच्चाहरु आमाबुवा रहजुरबुवा हजुरआमालाई प्रायोजन गर्न सकिन्छ।


