बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

जापानमा २ जना नेपालीको नदीमा डुबेर मृत्यु

यामागुची/जापान।जापानी संचार माध्यमहरुमा जनाईए अनुसार, जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी–चोस्थितइमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ।

संगै पौडि खेलीरहेका २ जना साथीहरु बेपत्ता भएको भन्दै आज(१८ तारिख)अपरान्ह ४ः३० बजेतिर आपतकालिन् उद्दार सेवा(दमकल) लाई फोन गरिएको थियो। खबर पाए लगत्तै घटनास्थलमा पुगेको उद्दारकर्ताहरुले उनिहरुलाई अचेत अवस्थामा उद्दार गरि अस्पत्ताललगिएको थियो। यद्यपी,अस्पत्ताल पुर्याए लगत्तै २ जनाको मृत्यु भएको घोषणा गरिएको थियो।

समाचारका अनुसार घटना स्थलमा पुगेका प्रहरी तथा उद्दारकर्ताहरुले ति दुबै जनालाई करबि २ मिटर गहिराईमा डुबेको अवस्थामाभेट्टाएका थिए। ति दुबै २० वर्ष(२० देखि ३० मुनिका)उमेर समूहका नेपाली नागरिक भएको बताईएको छ। यद्यपी,यो समाचार तयार पार्दासम्म ति नेपाली युवाहरुको विवरण भने खुलेको छैन।

स्थानीयबासीहरुको भनाई उद्रित गर्दै प्रकाशित खबरका अनुसार उक्त खोलाको सो स्थानमा पानीको बहाब खासै नभएको तर कतै कतैगहिरो ठाउँ भने रहेको छ। त्यो क्षेत्र पौडी खेल्नका लागि खासै सुरक्षित मानिदैन थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...

जापानमा७.३ म्याग्निच्युडको भूकम्प

उत्तरपूर्वी जापानमा बुधबार राति ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी र फुकुसिमा प्रिफेक्चरहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। अधिकारीहरूले त्यहाँका मानिसहरूलाई समुद्र वा...