बिहिबार, अशोज २२, २०८३

बिहिबार, अशोज २२, २०८३

तीज भर्सनमा आयो ‘सम्झिनी पानी छम्किनी’

काठमाडौं । गायक सम्राट चौलागाईले करिब पाँच महिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत दर्शकमाझ ल्याउनुभयो । सम्राटकै शब्द संगीत रहेको यो गीत यतिबेला ‘तीज भर्सन’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्जजनिक गरिएको हो ।

विक्रम स्वाँरले निर्देशन गरेको गीतको भिडियोमा भुवन केसी, निर्देशक दीपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राट आफैं पनि फिचर्ड हुनुहुन्छ मोडल गीता ढुंगानाको अपोजिटमा । चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरू जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई देख्न सकिन्छ । गायक सम्राट चौलागाईकै अफिसियल युट्युब च्यानलमार्फत इन्टरनेट रिलिज गरिएको भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरबहादुर थारूले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

क्रिप्टोकरेन्सीको अनुसन्धानमा अभिनेत्री प्रियंका कार्की सीआईबीको नियन्त्रणमा

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धान ब्यूरोले कार्कीलाई...

को हुन सुमन थापा !

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र...