मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३

 प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने 

 प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट हुने भएको छ । प्रधानमन्त्री देउवा जलवायुपरिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी’वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधि मण्डल गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारीदिए ।

स्कटल्यान्डको ग्लास्कोमा नोभेम्बर १ र २ मा जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर सम्मेलन हुँदैछ । असार २९ गते प्रधानमन्त्रीको शपथलिएका देउवाले यसबीचमा कुनै देशको भ्रमण गरेका छैनन् । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि स्कटल्यान्ड भ्रमण नै उनको पहिलोविदेश भ्रमण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...