मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

 बाइडेन-सी जिनपिङबीच वार्ता

अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा दुबैदेशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा कसम खाएका छन् ।

भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणाराखेका थिए । बाइडेनले सो धारण राख्न नपाउँदै चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजानबेइजिङ तयार रहेको जबाफ दिएका थिए । बाइडेनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेरकाम गर्नुपर्ने बताएका थिए ।

त्यसपछि बाइडेनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै दुबै जनाबीच यसअघि इमान्दारीपूर्वक टेलिफोन वार्ता भएको स्मरणगरेका थिए । जबाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एक ापसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताएका थिए ।‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ,’ उनले भने ।

राष्ट्रपति बाइडेनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने रस्थिर सम्बन्ध आवश्यक भएको चीनका जबाफ दिएका थिए ।

बाइडेनले दुई देशबीच चुनौती खडा भइरहेको बताइरहेका सीले सञ्चार सुधार गरेर ती सबै चुनौती सामना गर्नुपर्ने बताएका थिए ।उनीहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो ।

एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो । भ्रमणको अमेरिकाले विरोध गरेको थियो । त्यसअगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए ।चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...