बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

नबिल र एनबी बैंक मर्ज हुने समझदारी

काठमाडौं । नबिल र एनबी बैंकबीच एक हुने समझदारी भएको छ। नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने भएको हो।

बिहीबार एक समारोहका बीच होटल भिभान्तामा प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। दुवै बैंकले खडा गरेको मर्जर समितिले आज यससम्बन्धी समझदारी गरेको हो।

नबिल बैंकका मर्जर कमिटी संयोजक उदयकृष्ण उपाध्याय र एनबी बैंकको तर्फबाट एनबी बैंकले सञ्चालक समिति सदस्य एम साह अलाम सलवार संयोजक छन्। सम्झौताअनुसार १००ः४३ को स्वाप रेसियोअनुसार एक हुने प्रक्रिया अघि बढ्नेछ।

एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ। नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ। साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्नेछ।

नबिल बैंकको मुख्य लगानीकर्ता रहेको चौधरी ग्रपले एनबी बैंकमा मुख्य लगानी रहेको विदेशी पार्टनर आईएफआइसी सेयर खरिद कार्य भने तत्कालको लागि रोकिएको छ।

काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई नबेच्न आदेश दिएको छ।

नेपाल बंगलादेश बैंकमा आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत संस्थापक सेयर चौधरी ग्रुपलाई बिक्री गर्ने प्रक्रिया रोक्न न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले आदेश गरेको हो।

सनराइज बैंकका अध्यक्ष समेत रहेका व्यवसायी मोतीलाल दुगडले बंगलादेश बैंकले आफूलाई बेच्ने सहमति गरेर पनि पुनः चौधरी ग्रुपलाई सेयर बेच्न लागेको भन्दै मुद्दा दायर गरेका थिए।

दुगडले दायर गरेको मुद्दामा मंगलबार बहस सकिएको थियो। बुधबार फैसलाको पूर्णपाठ जारी गर्दै अदालतले उक्त सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भनेर आदेश दिएको हो। उक्त सेयर किन्न आठ महिनाअघि नै अर्थात् गत अप्रिल २ मा सनराइज बैंकसँग लिखित सम्झौता भएको थियो।

सम्झौतापछि गत असार अन्तिममा ३५ दिन म्याद राखेर आईएफआईसीले सेयर बिक्रीसम्बन्धी सूचना निकालेको थियो। सम्झौता भए पनि सेयर बिक्रीमा भने उसले आलटाल गर्दै आएको थियो। चौधरी ग्रुपले आइएफआइसी सेयर १ सय ५७ रुपैंया खरिद गर्ने तयारी गरेको थियो।

अदालतले यसबारे एनबी बैंकलाई ७ दिनभित्र जवाफ दिन भनेको छ। जवाफ आएपछि अदालतबाट हुने आदेशपछि सो सेयर खरिद प्रक्रिया अघि बढ्ने वा नबढ्ने छिनोफानो हुनेछ।

चौधरी ग्रुपको विपक्षमा नै फैसला आएको खण्डमा मर्जरको प्रक्रिया केही लम्बिनसक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

नेपालमा सोमबार ३१२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं । नेपालमा सोमबार ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १०...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...