सोमवार, साउन ११, २०८३

सोमवार, साउन ११, २०८३

उत्पादनमुलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको बैंकहरूलाइ निर्देशन

काठमाडौँ — कृषि लगायत उत्पादनमुलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई निर्देशन दिएका छन्। आन्तरिक उत्पादन वृद्धि नगरी दीगो आर्थिक विकास सम्भव नहुने भन्दै अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्नबैंकहरुलाई निर्देशन दिएका हुन् ।

सोमबार राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् । ‘बैंकका नयाँकार्यक्रममा हालको ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धिगर्नुहुनेछ,’ उनले भने, ‘यी क्षेत्रको लगानी सकेसम्म दुई गुणा वृद्धि गर्नुस्।’

ती क्षेत्रमा भएको लगानी वृद्धिले राष्ट्रिय पुँजी निर्माण भई उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । उत्पादनमुलकक्षेत्रमा लगानी विस्तार गर्ने सरकारको नीति रहेकाले त्यो अभियानमा बैंकहरुले पनि साथ दिनुपर्नेमा उनले जोड दिए ।

बैंकहरु निक्षेपको परम्परागत स्रोतहरुमा मात्र केन्द्रित रहेकाले अब वैदेशिक ऋण, सहायता, ऋणपत्र निष्काशन लगायत उपायमार्फतस्रोत बढाउन पनि उनले निर्देशन दिए । यसका लागि सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए। ‘राष्ट्रिय वाणिज्य बैंकसरकारी बैंक भएकाले पनि बढी जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रकोत्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो । यो रणनीति प्रभावकारी कार्यान्वयनका लागि यसबैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...

जेठ ४ मा स्थानीय तहको निर्वाचनको प्रस्ताव पेश

निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगकापदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज...

दाङका वडाध्यक्षका उम्मेदवारको काठमाडौंमा निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ। कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...