सोमवार, कार्तिक २४, २०८३

सोमवार, कार्तिक २४, २०८३

अमेरिकाले पठाएको रकेट चन्द्रमा ठोक्किने

काठमाडौँ — अमेरिकी प्रविधि व्यवसयी एलन मस्कको अन्तरिक्ष अन्वेषण गर्ने एक कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामाठोक्किने भएको छ । मस्कको कम्पनीले स्पेस एक्सले बनाएको फाल्कोन–९ बुस्टर रकेट चन्द्रमामा ठोकिएर ध्वस्त हुन लागेकोअनुसन्धानकर्ताहरूले बताएका हुन् ।

सन् २०१५मा प्रक्षेपण गरिएको उक्त रकेटले आफ्नो मिसन पूरा गरे पनि इन्धन अभावमा पृथ्वीमा फर्कन पाएको थिएन । अन्तरिक्षमैअड्किएपछि उक्त रकेट ‘स्पेस डेब्रिस‘ बनेको थियो ।

खगोलविद्हरुले यो घटनालाई पहिलो पटक अनियन्त्रित रकेट चन्द्रमामा ठोक्किएको रूपमा लिने अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुलेजनाएका छन् । चन्द्रमामा ठोक्किए पनि यसबाट खासै क्षति नहुने बताइएको छ ।

यो रकेटलाई सात वर्षअघि पृथ्वीको माथिल्लो कक्षबाट छाडिएको थियो । अन्तरिक्षको मौसम मापन गर्ने एउटा भू–उपग्रह छाड्नका लागिफाल्कोन–९ बुस्टर गएको थियो ।

इन्धन सकिएपछि उक्त रकेटलाई पृथ्वी,चन्द्रमा र सूर्यका गुरुत्वाकार्षण बलले आफूतिर खिच्ने गरेको थियो । यसरी रकेटको पथमापरिवर्तन आएको थियो । आफ्नो गति र दिशामा नहिँडेपछि उक्त रकेट ‘निष्क्रिय‘ जस्तै भएको थियो ।

फाल्कोन–९को बारेमा पत्रकार इरिक बर्गरले एउटा स्पेस वेबसाइट र तथ्यांकशास्त्री बिल ग्रेले पत्ता लगाएका थिए ।

रकेट आगामी मार्च ४ तारिखमा चन्द्रमामा ठोकिन सक्ने अमेरिकास्थित हार्वड–स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकएमसीडोवेलले बीबीसीलाई बताएका छन् ।

यो रकेट इन्जिनसहित धातुबाट निर्मिति चार टनको ठूलो ट्यांक आकारमा रहेको छ । रकेटले चन्द्रमामा सानो मानवनिर्मित खाल्डो(क्रेटर) बनाउने छ ।

सफ्टवेयरमार्फत ‘नियर अर्थ अब्जेट‘ ट्रयाक गर्दै आएका बिल ग्रेले उक्त रकेट चन्द्रमा नजिक जनवरी ५ मा पुगेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

साउदीमा सन्तबहादुरलाई मृत्यूदण्ड

काठमाडौँ — ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन,...