बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

राजेन्द्र लिङ्देनलाई कमल थापाको पत्र

काठमाडौँराप्रपाका पूर्वअध्यक्ष कमल थापाले वर्तमान नेतृत्वले सबै पक्षलाई नसमेटे पार्टी दुर्घटना पर्ने चेतावनी दिएका छन् आइतबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीलाई दुर्घटनाबाट जोगाउने मुख्य जिम्मेवारी अध्यक्षको भएको स्मरणगराएका छन्  

तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नु भयो  मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन  आउँदो पाँच वर्षतपाईंले नै पार्टीलाई हाँक्ने हो’, थापाले पत्रमा लेखेका छन्, ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्यजिम्मेवारी हो 

गत मंसिरमा भएको एकता महाधिवेशनमा थापालाई पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए  थापाले पूर्वराजाज्ञानेन्द्र शाह निर्मल निवासले राप्रपाको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउदै आएका छन् 

आइतबार लेखेको पत्रमा समेत अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु राजसंस्था प्रतिको विरोध नभएको स्पष्टपारेका छन् पार्टीको आन्तरिक मामिलामा निर्मल निवास राजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाटचलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होईन’, पत्रमा भनिएको , ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

काठमाडौं क्षेत्र न: १ मा रवीन्द्र मिश्र अगाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ४ बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेकारवीन्द्र मिश्र झिनो मतले अगाडि रहेका...