बिहिबार, असार ३२, २०८३

बिहिबार, असार ३२, २०८३

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष जनक धामीले जानकारी दिए ।

अध्यक्ष धामीका अनुसार बानेश्वर तथा आसपासका क्षेत्रका ग्राहकलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेचरले खाद्यान्न, ग्रोसरी तथा दैनिक उपभोग्य सामान प्रालिले ग्राहकमाझ उपलब्ध गराउँदै आइरहेको छ ।

‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ सञ्चालनमा आएको नेचरले बजारको माग र आम उपभोक्ताको आवश्यकताअनुसार सेवा प्रदान गर्न सफल भएको अध्यक्ष धामीले बताए । उनले भने, ‘हामीले काठमाडौं उपत्यकाको जुनसुकै ठाउँमा निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराएका छौं । ग्राहकको सुविधालाई ध्यानमा राखेका छौं ।’

काठमाडौंको मैतीदेवीमा मुख्य शाखा रहेको नेचरले यसअघि काठमाडौंको नरेफाँट र भक्तपुरको बालकोटमा शाखा सञ्चालनमा ल्याइसकेको छ । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा नेचर सुपरमार्केट सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

जीवन चलाउनेको मस्टा ग्रुपले गर्यो २ अर्ब बढीको कारोबार

काठमाडौं – खाद्यान्न आयात र ट्रेडिङमा सक्रिय मस्टा ग्रुप प्रालिको कारोबारमा उछाल देखिएको छ। कम्पनीले चामल, गेडागुडी, मकै, गहुँ तथा अन्य खाद्यान्नको व्यापार गर्छ।...