बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

रुसको दक्ष जनशक्ति पलायन हुदै

रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि दुई लाखभन्दा बढी रुसी सर्वसाधारणले देश छाडेको रुसी अर्थविद्हरूको रिपोर्ट  

यसरी देश छाड्नेहरूमा अधिकांश दक्ष प्राविधिक उद्योगका प्रोफेसनल भएको बताइएको  

यही कारणले रुसले आगामी दिनमा ठूलो स्तरकोब्रेनड्रेनअर्थात् अधिकतम दक्ष जनशक्ति पलायन हुने समस्याको सामना गर्नुपर्नेछ  

उनीहरू सबै रुसी नीतिसँग असहमत रहेको, तर त्यसको विरोध गरे हिंसात्मक रूपमा दबाउने प्रयास हुने डरका कारण आफूहरू देश छाडेरजान लागेको भिडियो गेम निर्माता इगोर बताउँछन्

उनले भने, “यहाँ हामीले विरोध जनाउने एउटै तरिका देश छाड्नु हो आफूसँगै आफ्नो सबै क्षमता पैसा पनि लैजानु हो

युरोपियन युनियन, अमेरिका, बेलायत, क्यानडालगायत दर्जनौँ देशले रुसी उडानमाथि प्रतिबन्ध लगाएका छन्  

त्यसैले यतिबेला रुसी नागरिक टर्की, मध्यएसिया, दक्षिण कोकेसस, अर्मेनियालगायत भिसा आवश्यकता नपर्ने÷अनुमति प्राप्त देशमाभागिरहेका छन्  

हाल २५ हजारभन्दा बढी रुसी नागरिक जर्जिया विमानस्थलमा अवतरण गरिसकेका छन् तिनैमध्येका एक हुन् येभगेनी ल्यामिन जसले पुटिनको शाशनविरुद्ध रहन आफूले देश छाड्ने निर्णय गरेको बताए  

२३ वर्षीय राजनीतिका ग्राजुएट भन्छन्, “युक्रेनीलाई साथ दिन आफूले सक्ने सबै प्रयास गर्नेछु यसलाई मेरो जिम्मेवारी ठान्दछु

उनीजस्ता हजारौँले जर्जियाको राजधानीमा सुटकेस लिएर कतिले आफ्नो घरपालुवा जीव लिएर सडकमा यताउती भौँतारिरहेकोबताइएको  

त्यहाँ सबै प्रमुख सहरमा बस्ने ठाउँ पाउनै कठिन भइसकेको बताइएको  

यता बेलारुसका नागरिक पनि देश छाड्न थालिसकेका छन् जसकारण इस्तानबुल अर्मेनियाको राजधानी येरेभानमा अहिले अन्तिममिनेटको फ्लाइटको शुल्क आकासिएको अवस्था

आफ्नो देशले धोका दिएको महसुस गरेपछि देश छाड्ने निर्णय गरेकी अन्या भन्छिन्, “इस्तानबुलकोवानवेफ्लाइटका लागि मेरापतिको एक महिनाको पूरै आम्दानी जोड्दा पनि पुगेन ” 

हाल रुसमा युक्रेनको समर्थन गर्ने जोकोहीलाई पनि २० वर्षसम्मको जेल सजायँ तोकिएको आफू पनि यसको टार्गेट हुने डरले देशछाड्न लागेको उनले बताइन्  

अर्कोतर्फ धेरै ठाउँमा रुसी या बेलारुसका मानिसलाई सेवा दिन अस्वीकार गर्ने गरिएको पनि पाइएको  

रुसमा एप्पलपेको प्रयोग गर्न नपाएकाले उनीहरू विदेश आएको हालको संकटजन्य अवस्था बिदा मनाउने कुनै समय नभएको भन्दैआफ्ना दुष्ट सरकारको विरोध गर भनेर होटल मालिकले फर्काउने गरेको रिपोर्ट गरिएको  

बेलारुसको राजधानीमा आइटी विशेषज्ञका रूपमा काम गर्दै आएका क्रिस्टिना निकिताले आफूहरूलाई अन्टरप्रेन्योरका रूपमा दर्तागराएका छन् जसले उनीहरूलाई जर्जियन बैंक अकाउन्ट खोल्न अनुमति दिलाउनेछ

उनीहरू भन्छन्, “हामी हाम्रो सरकारको विपक्षमा छौँ त्यसैकारण देश छाडेर भागेका हौँ हामी केबल सुरक्षित रहन चाहन्छौँ तर, यहाँआएर पनि राष्ट्रियताका कारण हामीसँग दुव्र्यवहार भइराखेको त्यसैले हामीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था मानिसले कहाँबाट आएको भनेर सोध्दा मलाई एकदमै असहज महसुस हुन्छ

युद्ध सुरु भएदेखि जर्जियालाई युक्रेनको सबैभन्दा ठूलो समर्थक मानिएको हालैको एक सर्वेक्षणमा त्यहाँका ८७ प्रतिशत जनतालेयुक्रेन युद्धलाई आफ्नै युद्ध समान मानिरहेको पाइएको  

रुसले जर्जियामाथि आक्रमण गरेको १४ वर्ष पनि पूरा नहुँदै धेरैले यो विषयमा एकदम असहज महसुस गर्ने गरेको उनीहरू बताउँछन्

यसमा पुटिनलाई विदेशिने रुसी नागरिकलाई सुरक्षाको आवश्यकता पर्ने भन्दै आफ्नो फौज पठाउने बाहना मिल्न सक्नेबारे धेरैलाईचिन्ता  

२००८ मा जर्जियाको असेटिया क्षेत्रमा पुटिनले यसैगरी कब्जाको प्रयास गरेका थिए अहिलेसम्म पनि जर्जियन भूभागको २० प्रतिशतरुसी सेनाकै अधिनमा  

तर, प्राविधिक अन्टरप्रेन्योर लेभ कालासिनिकोभका अनुसार यसले अन्ततः जर्जियालाई धेरै फाइदा हुनेछ  किनकि यो आधुनिक रुसीइतिहासकै सबैभन्दा ठूलोब्रेनड्रेनहुनेछ  

उनले टेलिग्राम मेसेजिङ एपमा आफूजस्तै प्राविधिक विज्ञको एक समूह बनाएका छन्  

हाल सो समूहमा एक सय जना छन् तर, अहिले चार हजार बढी सदस्य पुगिसकेको उनी बताउँछन् यसमा उनीहरूले बस्ने ठाउँ कहाँखोज्ने, बैंक अकाउन्ट कसरी खोल्ने अनि सार्वजानिकस्थलमा रुसी भाषा बोल्नु कत्तिको सुरक्षित हुनेछ भन्नेबारे छलफल गर्ने गरेको उनलेबताए  

जस्तैः यभेजेनी लायमिनले जर्जियन भाषा पढ्न सुरु गरिसकेका छन् उनी भन्छन्, “ पुटिनको विरुद्धमा छु युद्धको विरुद्धमा छु मैले अझैसम्म पनि रुसी बैंक अकाउन्टबाट आफ्नो पैसा निकाल्न सकेको छैन तर, यो युक्रेनीले भोग्नुपरेको संकटका अगाडि केही पनिहोइन बीबीसीबाट  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...

होन्डा जेट एलिट २ को नयामोडल सार्वजनिक

टोकियो। होन्डा मोटर कर्पोरेसनले आफ्नो लोकप्रिय साना व्यवसायिक विमान होन्डा जेट एलिट २ (HondaJet Elite II ) को नयाँमोडल सार्वजनिक गर्ने भएको छ । यो...

साउदीमा सन्तबहादुरलाई मृत्यूदण्ड

काठमाडौँ — ‘थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ ।’ गीतकार महेश आचार्यका यी शब्दजस्तै पर्वतका सन्तबहादुर पुनलाई थाहा थिएन,...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...