सोमवार, असार ८, २०८३

सोमवार, असार ८, २०८३

खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए।

पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न अलमुताइरीले पत्रकारलाई भनेका थिए।

दुई चरणको पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा शत्रका लागि १० मिनेट समय दिएका थिए। पहिलो शत्रमा सुजल श्रेष्ठ, विमल घर्तिमगर, विशाल राई र मनिष डाँगी उपस्थित भएका थिए।

पहिलो शत्रमा अधिकांश प्रश्नको जवाफ सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए। जवकी १० मिनेट समय बाँकी नै रहेको अवस्था थियो।

दोस्रो चरणमा गोलकिपर विशाल श्रेष्ठ, नवयुग श्रेष्ठ, रोहित चन्द र अनन्त तामाङ पत्रकारका प्रश्नको जवाफ दिन उपस्थित भएका थिए।

पत्रकार सम्मेलनमा उपस्थित भएका खेलाडी प्रशिक्षकको हाउभाउ देखेर अप्ठेरो महसुस गरेको प्रष्ट देखिन्थ्यो।

यो पनि : खेलाडीहरू भन्छन्- ‘एसियन कप छनोटमा अन्तिमसम्म लड्छौं’

खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले अघिल्लो दिन गरेको पत्रकार सम्मेलनमा भने समय सीमा थिएन।

आधा घण्टा भन्द बढी समय पत्रकार सम्मेलनमा बिताएका अलमुताइरीले आफ्नो एन्फाको कार्यशैलीमा पनि टिप्पणी गरेका थिए। उनले ५० वर्षको समयमा एन्फाले ग्रासरूट विकासमा विकास नगरेको बताएका थिए।

साथै उनले पत्रकार सम्मेलनमा आगामी जेठमा हुने एएफसी एसियन कप छनोटबाट नेपाल एसियन कपमा छनोट नहुने बताएका थिए।

छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।

नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम

किरण कुमार लिम्बु (गोलकिपर), दीप कार्की (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तिमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तमाङ, विशाल राई

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वकप नजिक क्यानडा

ह्यामिल्टन — ३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य र उत्तर अमेरिका तथा क्यारेबियनक्षेत्रको छनोटमा अमेरिकालाई २–० गोलले हराएको छ...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...

एट्लेटिकोसँग उपाधि विजेता रियल मड्रिड पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान मड्रिड डर्बीमा आइतबार राति...