सोमवार, अशोज ५, २०८३

सोमवार, अशोज ५, २०८३

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो।

नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले निर्णायक गोल गरे। उनले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक भयो।

सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले त्यसपछि ७१ प्रतिशत बल पोसेसन राखे पनि गोल फर्काउन नसक्दा पराजित हुन पुग्यो।

यो सँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको हो। यसअघि युरोपा लिगमा आइनट्राख्ट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि क्याडिजसँग पराजित भएको हो।

यो हारसँगै बार्सिलोनालाई ला लिगा उपाधि यात्रामा धक्का लागेको छ।

सबै टोलीले समान ३३ खेल खेल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ७८ अंक छ। हारका बाजुत दोस्रो स्थानमा कायमै रहेको बार्सिलोना रियल भन्दा अझै १५ अंकले पछि छ। सेभिल्लासँग अंक बराबरी रहे पनि गोल अन्तरमा बार्सिलोना दोस्रो स्थानमा छ।

यो नतिजासँगै रियललाई च्याम्पियन बन्न अब १ अंक मात्र बाँकी छ। आगामी खेलमा स्पान्योलसँगको बराबरी गरे उपाधि उचाल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई...

राखेपको कार्यकारी अधिकार थापालाई

  काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य–सचिवको अनुपस्थितिमा सदस्य–सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक...

विश्वकप छनोट : फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

काठमाडौं, ७ फागुन । फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा...

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको...