बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्‍याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो।

‘कोभिड–१९ पछि बिस्तारै चलायमान हुने सकारात्मक संकेत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत नाट्टाका अध्यक्ष रमेश थापाले आग्रह गरेका छन्।

नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...