शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

कांग्रेसले एमालेले लगाएका आरोपको पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्दै

काठमाडौँ, २६ बैशाख । सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ।

एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो।

कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको सचिवालयले पत्रकार सम्मेलन एमालेले मतदाताका लागि जारी गरेको अपिलमा केन्द्रित हुने जनाएको छ।

एमालेले ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर ६७ बुँदे अपिल जारी गरेको थियो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६७ बुँदे अपिलमार्फत एमालेले कांग्रेसविरुद्ध दर्जनौं आरोप लगाएर मतदाता रिझाउने प्रयास गरेको छ।

स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय र सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरिरहेका बेला कांग्रेसको षड्यन्त्र चरम उत्कर्षमा पुगेको आरोप लगाउँदै एमालेले आक्रोश पोखेको छ।

कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधका कमजोर रहेका तत्वहरूलाई खोजेर राजनीति र देश हितविपरीत बाटो समातेको एमालेको आरेप छ।

कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममै प्रहार गरेर संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको आरोप एमालेले लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...