मङ्लबार, भदौ ९, २०८३

मङ्लबार, भदौ ९, २०८३

युक्रेन ईयूमा सामेल हुन एक दशक लाग्न सक्ने फ्रान्सका राष्ट्रपतिको भनाई

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेन ईयूमा सामेल हुन एक दशकभन्दा लामो समय लाग्न सक्ने बताएका छन्।

सोमबार युरोपेली आयोग (ईयू)को संसदमा सम्बोधन गर्दै म्याक्रोँले यस्तो बताएका हुन्। म्याक्रोँले यसको सट्टामा युक्रेन तत्कालका लागि ईयूमा सामेल हुने प्रक्रिया चल्दै गर्दा समानान्तर युरोपेली समुदायमा सामेल हुन सक्ने बताएका छन्।

समानान्तर सम युरोपेली समुदायमा आबद्ध भएपछि युक्रेन अर्को तरिकाले ईयूको सुरक्षा संरचनामा समावेश हुन सक्ने म्याक्रोँको भनाइ छ। रुसले युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनाबास क्षेत्रमा आक्रमण गरिरहेको अवस्थामा म्याक्रोँको यस्तो भनाइ आएको हो।

यद्यपि रुसले पछिल्लो समय उल्लेख्य मात्रामा युक्रेनको भूमिमा कब्जा जमाउन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन्। लुहान्स्कका युक्रेनी नेताले भने ठूलो आक्रमण भइरहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...