आइतवार, कार्तिक ९, २०८३

आइतवार, कार्तिक ९, २०८३

युक्रेन ईयूमा सामेल हुन एक दशक लाग्न सक्ने फ्रान्सका राष्ट्रपतिको भनाई

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेन ईयूमा सामेल हुन एक दशकभन्दा लामो समय लाग्न सक्ने बताएका छन्।

सोमबार युरोपेली आयोग (ईयू)को संसदमा सम्बोधन गर्दै म्याक्रोँले यस्तो बताएका हुन्। म्याक्रोँले यसको सट्टामा युक्रेन तत्कालका लागि ईयूमा सामेल हुने प्रक्रिया चल्दै गर्दा समानान्तर युरोपेली समुदायमा सामेल हुन सक्ने बताएका छन्।

समानान्तर सम युरोपेली समुदायमा आबद्ध भएपछि युक्रेन अर्को तरिकाले ईयूको सुरक्षा संरचनामा समावेश हुन सक्ने म्याक्रोँको भनाइ छ। रुसले युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनाबास क्षेत्रमा आक्रमण गरिरहेको अवस्थामा म्याक्रोँको यस्तो भनाइ आएको हो।

यद्यपि रुसले पछिल्लो समय उल्लेख्य मात्रामा युक्रेनको भूमिमा कब्जा जमाउन नसकेको अमेरिकी अधिकारीहरुले बताएका छन्। लुहान्स्कका युक्रेनी नेताले भने ठूलो आक्रमण भइरहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सगरमाथा चढ्न यो सिजन ५८ देशका ३१६ आरोहीले लिए अनुमति

काठमाडौं । सगरमाथा चढ्न यो सिजनमा ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पटक पनि अमेरिका र...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...