मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

तेस्रो विश्वयुद्धको खतरा:रुस

मस्को अहिले पश्चिम जगतका केही नेताले युक्रेन युद्धलाई लिएर आफ्नो इज्जत जोगाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के कस्ताकदम चाल्नेछन् भन्ने कल्पना गरिरहेका छन् तर रुसका प्रभावशाली विधायक प्रोपोगान्डाविद्हरूले पश्चिम जगतलाई चकनाचुर गर्नआवाज उठाउँदै त्यो नै रुसको एकमात्र अन्तिम लक्ष्य भएको दाबी गरेका छन्  

रुसी सरकारी टेलिभिजन कार्यक्रम६० मिनेटमा प्रस्तोता ओल्गा स्काविभाले भनेकी छन्, “मसँग केही अप्रिय समाचार अहिलेयुक्रेनमा आपूर्ति हुँदै गरेका हतियारहरू हामीले निरन्तर नष्ट गरिरहेका छौँ तर जुन परिमाणमा अमेरिकाले युक्रेनमा निरन्तर हतियारपठाइरहेको , त्यसले हामीलाई केही विश्वव्यापी निर्णयहरू लिन बाध्य पारिरहेको सम्वत अहिले युक्रेनमा रुसको विशेष अभियानसमाप्त भएको वास्तविक युद्ध अर्थात्तेस्रो विश्व युद्धसुरु भइसकेको बुझ्ने बेला भइसकेको हामी युक्रेनको कारणले मात्रै नभईसम्पूर्ण नेटो गठबन्धनको कारणले असैनिक अभियान चाल्न बाध्य छौँ

यस कार्यक्रममा सहभागी रुसी विदेशमन्त्रालयको कूटनीतिक प्रतिष्ठानका अधिकारी भ्लादिमिर एभात्कोभले भनेका छन्, “तपाईंलेतेस्रो विश्व युद्ध उल्लेख गर्नुभयो, वास्तवमा हामीले युक्रेनमा भइरहेको विशेष सैनिक अभियानमा हस्तक्षेप गर्ने जो कोहीले पनि ठूलो मूल्यचुकाउनुपर्ने भन्ने हाम्रो राष्ट्रपति पुटिनको चेतावनी सम्झनुपर्दछ ” 

एभात्कोको कुरालाई समर्थन गर्दै ओल्गाले यसरी रुसको काममा भाँजो हाल्नेहरूलाई आणविक हतियारको प्रयोगविना नै कसरी तहलगाउने भन्ने उपाय निकाल्नै बाँकी रहेको बताएकी छन्  

रुसी सांसद ओलेग मात्भेचभले भनेका छन्, “यदि पोल्यान्डले आफ्ना हालका सीमानामा कुनै हस्तक्षेप गरेमा राम्रो हुने छैन

तर ओल्गाले पोल्यान्ड मात्र नभइ बेलायत अमेरिका पनि बढी जान्ने भइरहेको औँल्याएकी छन् एभात्कोभले हतारिनु जरुरी नभएको, सबै कुरा आफ्नो समयअनुसार हुने बताएका छन् यता रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पाट्रुसेभले विना आधार पोल्यान्डपश्चिमी युक्रेनको भूभाग कब्जा गर्न अघि बढिरहेको दाबी गर्दै पहिलो तारो पोल्यान्डलाई बनाउनुपर्ने बताएका छन्  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...