मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३

युक्रेनको केमिकल प्लान्टमा रूसी सेनाको आक्रमण

रुसी सेनाको आक्रमणका कारण युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रहेको एउटा केमिकल प्लान्टमा भीषण आगलागी भएको छ । प्लान्टमा रुसी सेनाको बमबारीबाट सयौँ टन तेल चुहिएर भीषण आगलागी भइरहेको सहरका प्रमुख सेरही हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्लान्टमा झन्डै आठ सय जना मानिस फसेका पनि उहाँले बताउनुभएको छ । सहरमा व्यापक गोलाबारी हुन थालेपछि गैरसैनिक मानिसहरू आश्रय लिन प्लान्टभित्र पसेका हुन् ।

पूर्वी युक्रेन कब्जा गर्न रुसका लागि सेभेरोडोनेत्स्क सहरमा कब्जा गर्नु महत्त्वपूर्ण हुने छ । सहरलाई कब्जा गर्ने उद्देश्य पूरा गर्न रुसी फौजले अत्यन्तै संवेदनशील र सयौँ मानिस आश्रय लिएको थाहा हुँदाहुँदै प्लान्टमा आक्रमण गरेको सहरका प्रमुख हाइदाईले बताउनुभएको छ ।

रुस र युक्रेनबीच बितेको साढे तीन महिनादेखि युद्ध चलिरहेको छ । युक्रेनको राजधानी तथा अन्य सहरमा कब्जा गर्न विफल भएपछि रुसले अहिले पूर्वमा रहेको लुहान्स्क र डोनेत्स्क सहरलाई निसाना बनाइरहेको छ ।

सेभेरोडोनेत्स्क सहरका प्रमुख सेरही हाइदाईले सहरको धेरैजसो भू–भाग रुसको कब्जामा गइसकेको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

मुर्रा नेपाल आउन अझै दुई महिना लाग्ने

भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना...

सरकारले चीनलाई पठायो ७२५ विद्यार्थीको सूची

काठमाडौँ । सरकारले चीनमा अध्ययनका लागि फर्किन प्रतीक्षारत ७२५ जना नेपाली विद्यार्थीको सूची चीन पठाएको छ। शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अध्ययनका लागि चीनका विभिन्न...