शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

टोकियोमा ददिवल खडकालाई सम्मान

टोकियो । ग्लोबल मल्टीमिडिया प्रा.लीले संचलन गरेको मातृ सन्देश डट कमले एनआरएनए एशिया प्यासिफिक उप-संयोजक निर्वाचित ददिवल खड्कालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोमा जुन १२ तारिख आइतबार भेंटघाट रेष्टुरेण्टमा आयोजित कार्यक्रमको बीच डिआरसी खड्कालाई सम्मान गरेको हो ।

२०७९ सालको नेपाली क्यालेन्डर वितरण, विज्ञापनदाताहरुलाई मायाको चिनो कप प्रदान तथा सम्मान कार्यक्रममा एनआरएनए आइसीसी उप महासचिव ओम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पर्वत समाज जापानका अध्यक्ष जनक सुबेदी, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राई, थकाली समाज जापानका अध्यक्ष बुद्धी गौचन, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, जापान समाचार डट कमका प्रधान सम्पादक गोकर्ण अधिकारी, तमु धीं जापानका अध्यक्ष रमेश गुरुङ, पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङ, नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, एभरेष्ट ट्रेड कम्पनीका सिईओ शिबहरी पौडेल, एल्मिरा ट्राभल कम्पनीका सिईओ सुमन कार्की, नेपाल तामाङ समाज जापानका महासचिव बलराम थिङ, रामेछाप समाज जापानका सचिवालय सदस्य मनिता मोक्तान लगाएत व्यक्तित्वहरु अतिथिको रूपमा उपस्थित रहनु भएको थियो ।
मातृ सन्देश डट कमका अध्यक्ष शान्त पहरीले संचालन, प्रमुख ब्यवस्थापक गिरबहादुर तामाङले स्वागत र प्रबन्ध निर्देशक बिजय थकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...