सोमवार, कार्तिक २४, २०८३

सोमवार, कार्तिक २४, २०८३

नवलपरासी समाज जापानले दोस्रो अधिबेशन तथा सामुहिक बनभोज कार्यक्रम गर्दै

जापान । नवलपरासी समाज जापानले टोकियोमा दोस्रो अधिवेशन तथा सामुहिक बनभोज(बार्बिक्यु)कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम जुलाई १३ तारिख बुधवारका दिन टोकियोमा रहेको मिनातोगाओका फुतोपार्कमा आयोजना गरिएको छ ।नवलपरासीसमाजले आयोजना गर्न लागेको यो दोस्रो बनभोज  (बार्बिक्यु) कार्यक्रमका साथै समाजको दोस्रो अधिवेशन पनि हो ।

समाजको दोस्रो अधिवेशन संगै बनभोज(बार्बिक्यु)कार्यक्रम् गर्नुको उद्धेश्य विश्व महामारी रोग कोरोनाको कारण हुन नसकिरहेको एकआपसी भेट्घाटलाई प्रगाढ बनाउन एक आपसमा भाईचाराको सम्बन्ध कायम राख्न साथै एक आपसी चिनजान गर्नु रहेको बार्बिक्युकार्यक्रमका संयोजक हरी सापकोटाले बताउनुभयो ।             

नवलपरासी समाज जापानका सचिब ॠषि पौडेलले दिएको जानकारी अनुसार बार्बिक्यु कार्यक्रम सँगै नवलपरासी समाज जापानकोविश्व महामारी कोभिडको कारणले हुन नसकेको अधिबेशन पनि सोही दिन गरिने भएको हो। नवलपरासी समाज जापानका अध्यक्ष गोपाल कंडेलले जापानमा रहनु भएका सबै नवलपरासीबासी सँगै जापानका सवै नेपालीहरुलाई पनि बार्बिक्यु कार्यक्रम तथा दोस्रोअधिबेशन मा उपस्थितका लागि अनुरोध पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...