शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

पत्रकार कोइराला र शेर्पा सम्मानित

टोकियो। किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार -२०२२ बाट जापानमा सकृय पत्रकार आनन्द कोइराला र फुर्वा शेर्पा सम्मानित भएका छन।

सिसेःक्पा तङ्नाम तथा मुक्कुम्लुङमा स्मारिका विमोचन समारोह अवसरमा यसैवर्षपटक सुरू गरिएको पत्रकारिता पुरस्कारबाट पत्रकार कोइरालालाई नगद दश हजार येन सहित सम्मान गरिएको हो। यस्तै सोही अवसरमा जनजाति पत्रकार महासंघ जापान फोनिजका अध्यक्ष फुर्वा शेर्पालाई समेत नगद सहित सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए आईसीसी उपमहासचिव ओम गुरूङ तथा किरात याक्थुङ चुम्लुङ जापानका अध्यक्ष सुदिप पालुङवाले सयुक्त रूपमा पत्रकारद्वयलाई सम्मान गर्नु भएको थियो।

जापानको राजधानी टोकियोको ओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा आयोजना गरिएको कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका विमोचन गर्न लागिएको थियो। विमोचन समारोहमा प्रमुख अतिथि, संस्थाका अध्यक्ष, संस्थापक अध्यक्ष रिद्दी बहादुर तुङवाहाम्फे, जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ राई, मगरसंघ जापानका अध्यक्ष ओम काउछा मगर, तमुधी जापानका उपाध्यक्ष चित्र गुरूङ, पूर्वी नेपाल बिकास सहकार्य केन्द्र जापानका सचिव भूवन निरौला, किरात राई यायोक्खाका उपाध्यक्ष प्रमिला राई लगायत अतिथिहरूले संयुक्त रूपमा गर्नु भएको थियो।

यसैगरि लिम्बुवानको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मुक्कुम्लुङ परिसरमा किरात याक्थुङ चुम्लुङ, जापानले करिब पैतीस लाख लागतमा ‘मुक्कुम्लुङ केलाःङ निङ्वा?सो’ (च्याब्ब्रुङ स्तम्भ) निर्माण गरेको विषयमा विशेष जानकारी गराईएको थियो ।

कार्यक्रममा साक् नाःप्मा थिम्बेसँगै याक्थुङ जातिको मौलिक सांस्कृतिक नाच या?लाःङ र केलाःङ प्रस्तुतीमा सहभागिहरूले तालि बजाएर साथ दिएका थिए । यस्तै विभिन्न कलाकारहरूबाट मनोरञ्जनात्क गीत तथा नृत्य समेत प्रस्तुती दिएका थिए। कियाचु जापानका उपाध्यक्ष मनकुमार तुम्साको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन महासचिव मुक्साम लाओतीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...