मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३

शनिवारदेखि टोकियोमा नेपाल फेस्टिवल जारी

नेपाली कला संस्कृतिलाई जापानीहरु माझ चिनाउने उद्धेश्यले टोकियोमा १२ औ नेपाल फेस्टिवल शनिबारदेखि शुरु भएको छ ।

शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा फेस्टिवलको उदघाटन गरियो ।

 टोकियोको नाकानो स्थित ‘सिकीनो मोरी’पार्कमा शनिबारदेखि   आज चल्ने उक्त फेस्टिवल गैरआवासीय नेपाली संघ जापान र नेपाली राजदूतावास जापानले  संयुक्त रुपमा आयोजना गरेको हो।फेस्टिवल बिहान १० बजेदेखि साझ ७ बजे सम्म चलिरहेको छ ।

फेस्टिवलमा नेपाली कला संस्कृति झल्किने बिभिन्न गीत,संगीत,नृत्य तथा झाँकिहरुको प्रस्तुत गरिएको छ ।नेपालका धार्मिक,सांस्कृतिक तथा प्राकृतिक पर्यटकिय स्थलका साथै नेपाली भेषभूषा तथा नेपाली खानाको प्रचार पनि जापानीहरु माझ यस फेस्टिवलमा गरिएको छ ।
शनिबारको कार्यक्रममा टोकियोस्थित विभिन्न राजदूतावासका कूटनीतिक प्रतिनिधिहरु, नेपालका लागि पूर्वजापानी राजदूत लगायत ठूलो संख्यामा नेपाली तथा जापानीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...