शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

अलकायदाका प्रमुख अल-जवाहिरी ड्रोन हमलामा मारिए

काठमाडौँ — अलकायदाका प्रमुख अल–जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामाअलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ । 

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले एक भिडियो जारी गर्दै अमेरिकाको गुप्तचर विभाग सीआईएले गरेको ड्रोन हमलामा उनकोमृत्यु भएको पुष्टि गरेका हुन् । सीआईएले अफगानिस्तानको राजधानी काबुलमा गरेको आतंकवाद विरोधी हमलामा जवाहिरीको मृत्युभएको हो । सीआईएले ड्रोनमार्फत दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

अमेरिकी नागरिकको हत्या र हिंसाको रगतले जवाहिरीको हात रङ्गिएको बताउँदै राष्ट्रपति बाइडेनले उनको मृत्युसँगै अमेरिकीनागरिकलाई न्याय मिलेको बताए । जवाहिरी सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी हमलाको मुख्ययोजनाकारमध्ये एक रहेको अमेरिकाले दाबी गर्दै आएको छ । सन् २००१ मा भएको हमलामा करिब ३ हजार अमेरिकी नागरिकको मृत्युभएको थियो ।

जवाहिरी अफगानिस्तानको काबुलस्थित एक घरको बरन्डामा रहेको बेला ड्रोन हमला भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दैबीबीसीले लेखेको छ । घरमा रहेका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले...

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...