बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

प्रवासी नेपाली मञ्च जापानको २१औं अधिवेशन सम्पन्न

जापान । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको २१औं अधिवेशन सम्पन्न भएको छ । 

टोकियो स्थित कामतामा आइतबार सम्पन्न अधिवेशनबाट कुलचन्द्र खरेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

मञ्चको चार उपाध्यक्षमा बाबुराम भण्डारी, अर्जुन अधिकारी, प्रकाश ढकाल र श्रृजना केसी चयन भएका छन भने सचिबमा राजेन्द्र श्रेष्ठ, तीन उप-सचिवमा महेन्द्रकुमार अधिकारी, बुद्धिराज घिमिरे र कृष्टिना भण्डारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा पशुपति गिरी, विकास पौडेल, कृष्ण खनाल, शंकर रिमाल, मनोज श्रेष्ठ, गम्भीरजंग बस्नेत, अच्युत लोहनी, नारायण पौडेल, महेश खड्का, सुमी रायमाझी, चेतन दाहाल, राकेश लामा, विजय गुरुङ, दीप पाठक, अर्जुन आचार्य, मथुराम लामिछाने, सागर भुषाल, बलदेव केसी, कृष्ण भुषाल, धनराज जोशी, राज्यमान छारा, हरि पौडेल, अनुजराज क्षेत्री र दिपक घिमिरे चयन भएका भएका छन।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

नवनिर्वाचित अध्यक्ष खरेलले आफ्नो नेतृत्वमा बनेको कमिटी एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै जापानका सबै  नेपाली संघसंस्थाहरुसंग सहकार्य गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

जापानमा २ जना नेपालीको नदीमा डुबेर मृत्यु

यामागुची/जापान।जापानी संचार माध्यमहरुमा जनाईए अनुसार, जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी-चोस्थितइमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ। संगै...