शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

लन्डन । बेलायतको नयाँ प्रधानमन्त्री लिज ट्रस बन्नुहुने भएको छ । बेलायतको सत्तारूढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जितहासिल गरेसँगै उहाँ बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो । ट्रस दलको नेता चुनिएपछि पार्टी नेतृत्वका लागि लामो समय चलेकोहोडबाजी सकिएको छ । दलको नेतृत्वका लागि पूर्व–अर्थमन्त्री रिशी सुनाक र विदेशमन्त्री रहनुभएकी ट्रसबीच भएको तीव्र प्रतिस्पर्धामाट्रसले बाजी मार्नुभएको हो । नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले सोमबार दिउँसो ट्रस नेता चुनिएकोघोषणा गर्नुभएको थियो । ट्रसले ८१ हजार ३२६ मत प्राप्त गर्नुभयो भने सुनाकले ६० हजार ३९९ मत प्राप्त गर्नुभएको थियो ।

वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले गत जुलाईमा पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो । सन् २०१९ को आम निर्वाचनमाबहुमत ल्याएर प्रधानमन्त्री बन्नुभएका जोन्सन जुलाई मध्यतिर कोभिड नियम उल्लंघनलगायत विभिन्न विवादमा तानिनुभएको थियो ।उहाँको कार्यशैलीविरुद्ध क्याबिनेट मन्त्रीहरूले विद्रोह गरेपछि उहाँ राजीनामा घोषणा गर्न बाध्य हुनुभएको थियो ।

जोन्सनले मंगलबार टेन डाउनिङ स्ट्रिटबाट बिदा लिने हुनुभएको छ । उहाँ मंगलबार स्कटल्याण्ड जाने र महारानी एलिजाबेथसँग भेट गरीऔपचारिक रूपमा राजीनामा बुझाउने बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ट्रसले पनि स्कटल्याण्डमै महारानीसँग भेटगरेर सरकार गठनको अनुमति लिने बताइएको छ । ९६ वर्षीया महारानी एलिजाबेथ अहिले समरमा बालमोरल क्यासल स्कटल्याण्डमारहेकाले नयाँ प्रधानमन्त्रीले बकिङहम दरबारको सट्टा त्यता गएर नियुक्ति लिने जनाइएको छ ।

ट्रसले अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र अध्ययन गरेर विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गर्नुभएकोथियो । बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री हुनुहुने भएको छ । उहाँको पूरा नाम मेरी एलिजाबेथ ट्रस हो । उहाँकाश्रीमान ह्यु ओ लियरी लेखापाल हुनुहुन्छ भने उहाँहरूका दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...