शनिबार, साउन ३०, २०८३

शनिबार, साउन ३०, २०८३

टोकियोमा सम्पन्न नेपाल फेस्टिवलले गर्‍यो नाफा

जापान। टोकियोमा आयोजित १२ औँ नेपाल फेस्टिवलमा २१ लाख ७५ हजार सय १५ येन नाफा भएको गत जुलाई ३० ३१ तारिख टोकियोमा फेस्टिवल सम्पन्न भएको थियो

शुक्रबार आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले पत्रकार सम्मेलन आयोजना गरी नेपाल फेस्टिवलको आय ब्यय सार्वजनिक गरेको हो

विगतका हरेक फेस्टिवलहरुमा लाखौँको घाटा देखाउँदै आउने गरिएको थियो भने यसपटक फेस्टिवलले नाफा गरेको ।टोकियोमाआयोजित नेपाल फेस्टिवलको इतिहासमा नाफा कमाएको यो पहिलो पटक हो।

यस पटकको मेलाको आर्थिक संयोजनको जिम्मा बरिष्ठ उपाध्यक्ष नबिन निउरेले लिएका थिए हिजो सार्वजनिक आयव्यय विवरणअनुसार, यस पटकको दिने मेलामा करोड ५५ लाख ९५ हजार सय ८५ येन कुल खर्च भएको थियो भने करोड ८५ लाख ४१हजार कुल आम्दानी गरिएको थियो यस आम्दानीमा लाख ७० हजार येन अझै संकलन हुन बाँकी रहेकाले हिजो(हिसाव कितावसार्वजनिक हुँदासम्म)कुल २१ लाख ७५ हजार सय १५ येन नाफा देखिएको हो सबै रकमहरु संकलन भएमा यस वर्षको नेपालफेस्टिवलको कुल नाफा झण्डै ३० लाख येन पुग्नेछ

कोषाध्यक्ष कृष्ण गैरेद्वारा प्रस्तुत यो पछिल्लो आयव्यय विवरणमा पनि कहाँ ? कुन शिर्षकमा कति खर्च तथा आम्दानी भयो ? को कोबाट संकलन हुन बाँकी मात्रै होईन भएका खर्चहरुको बिल तथा भरपाईहरु समेत चुस्त/दुरुस्त प्रस्तुत गरेको

पत्रकार सम्मेलनमा मेलाका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले भने -“यसपाली नेपाल फेस्टिबल २०२२ले ईतिहास रचि रहदा सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु, उदार दिलभएका सपोन्सर तथा व्यावसायी ज्युहरु , एनसीसी तथा आइसीसीका अग्रज एवं सहयात्री साथीहरु सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई हिर्दयदेखी धन्यबाद तथा आभार प्रकटगर्दछौ।

पत्रकार सम्मेलनलाई एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गरेका थिए भने कोषाध्यक्ष कृष्ण गैरे,सचिव एलिजाकेसी,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, नेपालन्युजपोस्टडटका प्रधान सम्पादक राजन गौतम लगायत अन्यसंचारकर्मी तथा संघसंस्थाका पदाधिकारीहरुले अनलाईनमा सहभागिता जनाएका थिए

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...