शुक्रबार, कार्तिक ७, २०८३

शुक्रबार, कार्तिक ७, २०८३

रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतसम्म पुगेको छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनभएका रविको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै सांसद पद खारेजीको माग राखेर युवराज सफलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा आफ्नै अध्यक्षतामा दल दर्ता गरेको, सोही अवस्थामा उम्मेदवारी दिएर प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएकाले उहाँको सांसद पद र पार्टी सभापति खारेज गर्न दायर रिटमा माग गरिएको छ ।

रविको उम्मेदवारी दर्ता गरेर निर्वाचन आयोगले समेत संविधान र ऐनको गम्भीर उल्लंघन गरेको दावी गरिएको छ ।

रिट संवैधानिक इजलासमा दायर गरिएको छ । रिट निवेदक युवराज सफलले रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत विपक्षी बनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

सुदुरपश्चिम एमाले सचेतकमा भट्ट चयन

११ माघ, धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश...

वैदेशिक सम्बन्धलाई सत्ताको सिढी नबनाउन राप्रपा अध्यक्षको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको सिँढी नबनाउन आग्रह गरेका छन् । एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा जारी सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...