मङ्लबार, कार्तिक ४, २०८३

मङ्लबार, कार्तिक ४, २०८३

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको स्रोतले जनायो । यद्यपि यसको औपचारिक जानकारी सरकारले सार्वजनिक गरेको छैन । त्यसैले यसका व्यवस्थाबारे विस्तृतमा जानकारी हुन सकेको छैन ।

नियमावली पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियता र जोडबल रहेको उनी निकट स्रोतले बतायो । स्रोतले भन्यो, ‘संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क भ्रमणमा गएको बेला त्यहाँ रहेका एनआरएनहरुलाई नयाँ सन्देश दिने चाहना थियो, त्यसैले नागरिकता सम्बन्धी नियमावली पारित गर्न प्रधानमन्त्रीको विशेष जोडबल थियो ।’

केके गर्न पाइन्छ, केके गर्न पाइँदैन ?

यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न गैरआवासीय नेपाली नागरिकलाई सजिलो हुने छ । यो नागरिकता लिएपछि राजनीति गर्न र भोट हाल्न पाइने छैन भने सरकारी जागिर खान वा नियुक्ति खान पाइने छैन ।

कसलाई जरुरी छ यो नागरिकता ?

खासगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकलाई यो नागरिकता जरुरी थियो । उनीहरुले नेपालमा सीप र लगानी भित्राउन कानुनी अडचन भएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिन माग गरेका थिए । आफूलाई राजनीतिक अधिकार नचाहिने, केवल आर्थिक र सांस्कृतिक अधिकार भएको नागरिकता दिए पुग्ने उनीहरुको माग थियो । नागरिकता पाएपछि उनीहरुलाई आम नेपाली नागरिक सरह नेपालमा हरेक व्यवसायमा लगानी गर्ने र सम्पत्ति राख्ने सुविधा प्राप्त हुने छ ।

अझै छ असन्तोष

गैरआवासीय नेपाली नागरिकता प्राप्त हुँदै गर्दा धेरैजसो गैरआवासीय नेपाली खुसी छन् । तर, नयाँ नागरिकता अंगीकृत भएको र उनीहरुको वंशजको नागरिकताका नाता टुटेको भन्दै केही गैरआवासीय नेपालीले यसलाई वंशजको श्रेणीमा राखिदिन माग गरिरहेका छन् । अहिले सरकारले दिने भनेको नागरिकता आफूहरुले नलिने उनीहरुको भनाइ छ ।

यो नागरिकता लिन नेपाली नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने छ । अधिकांश विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीहरुले अझै पनि नेपाली नागरिकता नत्यागेको हुँदा पहिले उनीहरुले नेपाली नागरिकता त्याग्नुपर्ने छ र त्यसपछि मात्र गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन दिन सक्नेछन् । आवेदनका साथ आफू वा आफ्नो आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

नेपालगन्जमा रेडपाण्डाको छालासहित चार जना होटलबाट पक्राउ

नेपालगञ्ज । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो...

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

वार्ता असफल भए तेस्रो विश्वयुद्ध:जेलेनस्की

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगकोवार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...