बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३

एमालेका केन्द्रीय विभागहरुमा मनोनयन

काठमाडौं । नेकपा एमालेले केन्द्रीय निकाय र विभागहरू गठन र सदस्यहरूको मनोनयन गरेको छ । 

स्थायी कमिटीको सोमबार बसेको बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिनु भयो ।

बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिनुभयो ।  विभागमा माधव नेपाल समूहलाई भने समेटिएको छैन । पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने  प्रवक्ता ज्ञवालीको भनाइ छ । 

पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । 

विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताउनु भयो । 

विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...