सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

सातदोबाटोमा रमाइलो खेल

काठमाडौँ — लिग सुरु हुनुअगाडि नै प्रशिक्षक मेघराज केसीले दाबी गरेका थिए, माथिल्लो डिभिजनमा नवप्रवेशी सातदोबाटो युवाक्लबको प्रदर्शन गर्विलो हुनेछ । नवौं चरणमा शुक्रबार सातदोबाटोले मनाङ मर्स्याङ्दीमाथि प्राप्त गरेको जित यस्तै रह्यो । मन छुनेखालको जित । कीर्तिमान आठपल्टको विजेता मनाङमाथि प्राप्त सातदोबाटोको यो सफलतालाई धेरै पछाडिसम्म प्रसिद्ध जितका रूपमासम्झिइनेछ । भाग्यले साथ दिएको भए सातदोबाटोले ५ गोल गर्नुपर्ने थियो ।

नाङको प्रदर्शन यति साह्रो किन खराब रह्यो त ? यसको उत्तर दुई प्रकारले दिन सकिन्छ । पहिलो, मनाङको टिम अहिले ठूलै समस्यामाछ । त्यसो भनेको टोलीका ५ देखि ६ खेलाडी कोभिड–१९ बाट संक्रमित भएका छन् । त्यसैले टिमले राम्रो खेल्न सकेन । यो तात्कालिककारण भयो । दोस्रो कारण भने गम्भीर छ । सातदोबाटो प्रशिक्षक केसीकै अनुसार पनि अहिलेको मनाङ खासमा राम्रो टिम नै होइन, त्यसैले सातदोबाटोले अहिले प्राप्त जितलाई स्तब्धपूर्ण पनि भन्नुपर्दैन, किनभने यो स्वाभाविक नतिजा हो ।

यो यस्तो नतिजा हो, जुन लिग उपाधि होडमा निर्णायक हुनसक्छ । मनाङको यो अहिलेको लिगमा दोस्रो हार हो । यससँगै टिम १९ अंकमैसीमित रह्यो । डिफेन्डिङ च्याम्पियन मछिन्द्रसँग २० अंक छ । टोलीले नवौं चरणको खेलमा जित निकालेर मनाङमाथि ४ अंकको ठोसअग्रता लिन सक्छ । यस्तोमा मनाङको यो हारले मछिन्द्रलाई धेरै हदसम्म उत्साहित बनाउने छ । मनाङ आफैंका लागि भने यो निकै खराबनतिजा रहनेछ ।

मनाङका प्रशिक्षक टोपे फुजाले पनि माने, आफ्नो टिमले खेल्नै सकेन । उनले भने, ‘हाम्रो प्रदर्शन वास्तवमै खराब रह्यो, विशेषतः पहिलोहाफमा । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरे पनि यो खेलमा फर्कन पर्याप्त रहेन । हाम्रा ५–६ खेलाडी कोभिडबाट संक्रमितछन्, त्यसैले क्लब आफैं संकटमा छ । अब लिग एक महिना रोकिने छ र यो हाम्रा लागि ठूलो राहतका रूपमा रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

क्रिस्टियानो रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो। रोनाल्डोले...

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।​ रोभम्यान पावेलले...

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको...

क्यानले घोषणा गर्‍यो नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको घोषणा गरेको छ। नेपालको आधिकारीक क्रिकेट लिग भनिएको लिगलाई राष्ट्रिय खेलकुद परिषद्‌ले मान्यता दिएको छ। क्यानका अनुसार...