बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

जापानमा बालबालिका विशेष “खोज तथा अनुसन्धान” मुलक साहित्यिक कार्यक्रमको आयोजना हुँदै


साहित्यको विकास र विस्तार गर्ने उद्धेश्यले स्थापित, साहित्यिक चौतारी नेपाल जापान शाखाले प्रवासमा “बालबालिका विशेष खोजतथा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम” गर्ने भएको छ ।
स्थापनाको छोटो अवधिमा नै विविध गतिविधि गर्दै आएको साहित्यिक चौतारी नेपाल जापान शाखाले गत बर्षको अगस्ट ८ तारिखमा, कार्यसमितिको घोषणा गरेको थियो । समय सापेक्ष र नेपाली साहित्यसंग प्रत्यक्ष सरोकार राख्ने साथै साहित्यसंग अन्योन्याश्रित प्रभावकारी साहित्यिक कार्यक्रमहरू गर्दै आएको साहित्यिक चौतारी नेपाल जापान शाखाले साकुरा एसियन अनलाइन टेलिभिजनसंगको संयुक्त आयोजनामा गत जनवरी २ तारिखमा नव वर्ष विशेष साङ्गीतिक तथा संयुक्त रचना वाचन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको थियो ।

“फरक सोच, फरक शैली र फरक विषयवस्तुमा आधारित रहेर बालबालिकाहरूलाई प्रत्यक्ष खोज तथा अनुसन्धानात्मक विषयवस्तुहरूमा प्रत्यक्ष संलग्न गराएर बालबालिकाको व्यक्तिगत, सामाजिक र मानसिक रूपमा क्षमताको विकास गराउने अभिप्रायले आयोजना गर्न लागिएको यस कार्यक्रममा जापानमा अध्ययनरत कक्षा ३ देखि कक्षा ९ सम्मका जापानिज स्कूल तथा नेपाली स्कूलका विभिन्न उमेर समूहका बालबालिकाहरूको सहभागिता रहनेछ ।”

कोरोना कहरले आक्रान्त बनिरहेको यस विषम परिवेशमा सूचना, सञ्चार र प्रविधिको सहि सदुपयोग गर्दै आगामी जनवरी २२ तारिखका दिन अनलाईन मार्फत बालबालिका विशेष “खोज तथा अनुसन्धानमूलक” साहित्यिक कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष विन्दा पराजुली बरालले बताउनूभयो ।
फरक सोच, फरक शैली र फरक विषयवस्तुमा आधारित रहेर बालबालिकाहरूलाई प्रत्यक्ष खोज तथा अनुसन्धानात्मक विषयवस्तुहरूमा प्रत्यक्ष संलग्न गराएर बालबालिकाको व्यक्तिगत, सामाजिक र मानसिक रूपमा क्षमताको विकास गराउने अभिप्रायले आयोजना गर्न लागिएको यस कार्यक्रममा जापानमा अध्ययनरत कक्षा ३ देखि कक्षा ९ सम्मका जापानिज स्कूल तथा नेपाली स्कूलका विभिन्न उमेर समूहका बालबालिकाहरूले विभिन्न विषयवस्तुहरूमा केन्द्रित रहेर तयार पारेको खोजमूलक प्रस्तुतिहरूको प्रस्तुतिकरण रहने बताइएको छ ।

शिल्पकार, कवि तथा गीतकार मञ्जुल मितेरीको नेतृत्वमा जापानको कुमामोतोमा निर्माणाधीन रहेको ६५ फिट अग्लो बुद्धको मूर्तिको माध्यमबाट नेपालको कला, कौशल र अरनिको सम्मको इतिहास विश्व सामु चिनाउने एउटा सुनौलो अवसर र माध्यमको रूपमा अझ विस्तृत जानकारी गराउँदै जापानमा बसोबास गर्ने बालबालिकाहरूप्रति “नेपाली भाषा र साहित्यको महत्त्व तथा आवश्यकता बोध गराउन यस कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।” संस्थाका उपाध्यक्ष एवम् यस कार्यक्रमका परिकल्पनाकार तथा सहजकर्ता अमरदेव बास्तोलाले जानकारी गराउनू भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

जापानमा २ जना नेपालीको नदीमा डुबेर मृत्यु

यामागुची/जापान।जापानी संचार माध्यमहरुमा जनाईए अनुसार, जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी-चोस्थितइमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ। संगै...